News Portal

संस्था खोल्नु र संस्था चलाउनुमा फरक पर्छ !

अम्बिका भण्डारी
५५९ पटक

पोखरा। कास्की खबर मिडियाको आयोजना र सङ्गीतकर्मी संघको सहकार्यमा आयोजित कार्यक्रमलाई सरसर ती निहाल्ने समय जुरेको थियो। त्यहि बेलामा मैले कति बुझे कति बुझिन कतिसम्म मेरो नजरले देख्यो कति देखेन जे देखे जे बुझे मलाई तिनै कुराहरुलाई कोरेर राख्न मन लग्यो।

बाहिर झमझम पानी परिरहेको थियो, भित्र पोखरा उद्योग बाणिज्य संघको सभाहलमा दिनको २ बजे देखि सुरु भएको कार्यक्रम धुमधामका साथ चलिरहेको थियो।

कार्यक्रममा नव गायकगायिका भाइबहिनीहरु अवार्ड पाईसकेपछि उनिहरुको मुहारमा खुशि ४ गुणा थपिएको जस्तो देखिएको थियो। विभिन्न संघ-संस्थाबाट आउनु भएका अथिति कलाकार तथा सामाजिक ब्यक्तिहरुको बाक्लै उपस्थिति थियो।

विभिन्न बिधामा गरि ५७ वटा अवार्ड त्यस कार्यक्रममा बितरण गरिएको थियो। केही समाज सेवामा रहेका प्रकाश गैरेदम्पती र कला क्षेत्रमा योगदान दिनुभएका बरिस्ठ गायक राजु परियार, बरिस्ठ कलाकार ताराबहादुर गुरुङ, मैलिक गायक बरिस्ठ कलाकार रेशम सापकोटालाई पनि सम्मान गरिएको थियो।

कलाकारहरुलाई लेखन र गायनलाई अझै अगाडि बढ्न सक्ने पेरणा मिलोस् भन्ने हेतुले आयोजना गरिएको कार्यक्रममा केही नृत्यहरु पनि प्रस्तुति गरिएको थियो। कार्यक्रममा मञ्च ब्यबस्थापनसहित निकै आकर्षणपूर्ण देखिएको थियो।

सागर कार्कीको सञ्चालनमा रहेको कार्यक्रम सञ्चालन अत्यन्तै सुन्दर तरीकाले चलिरहेको थियो। केही अवार्ड बितरण प्राविधिक पक्षमा भने सञ्चालन जस्तै सुन्दर भैदिएको भए अझै कार्यक्रम सोचेभन्दा राम्रो हुने थियो भन्ने लागेको थियो।

ऋषिराम दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सांसद दामोदर पौडेल बैरागीको प्रमुख आथित्यतामा रहेको कार्यक्रममा बिशिस्ट अथितिमा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का, बिखर्ची पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, बिम्ब कवि बरिस्ठ कलाकार रमेश श्रेष्ठ, नमस्ते पोखरा स्टुडियोका सञ्चालक छवि सुवेदी, हिन्दु माहासंघका सालिकराम गैातमलगायात दुई सय भन्दा बढि कलाकारहरुको उपस्थिति थियो।

मलाई लागेको कुरा !

यस्तो भब्य कार्यक्रममा गीत-संगीत भनेको यो हो राष्ट्रिय गीत, पप गी, पर्व गीत भनेको यो हो, लोकगीत भनेको यो हो, आधुनिक गीत भनेको यो हो, विभिन्न बिषय र समय अनुसार गाइने गीत यस्ता हुन भन्ने खालको एउटा डकुमेन्ट्री अथवा गीत-संगीतको बिषयमा अध्ययन गर्नु भएका केही ब्यक्तिहरुलाई गीतको बिषय र मर्म यो हो।

यी बिषय भित्र रहेर सर्जकहरुले गीत सिर्जना गर्नुपर्छ भन्ने जस्ता कुराहरुलाई जोड्न सकेको भए अझै आफ्नो सिर्जना मैले नाम दिए अनुसारको बनेको छ कि छैन् र अब बजारमा ल्याउदा आफ्नो कमिकम्जोरीहरुलाई कसरी परिमार्जन गरेर समाजमा ल्याउनुपर्छ भन्ने खालको कुरा सर्जक आफैले थाहा पाउन सक्ने बाताबरण मनबाटै आउने थियो कि भन्ने लागेको थियो।

पहिलो बर्षमा नै यति भब्य कार्यक्रम गर्न सकेकोमा आयोजकलाई आगामी बर्षहरुमा झन उत्कृष्ट कार्यक्रमहरु ल्याउन सक्ने उर्जा थपियोस् शुभकामना।

                              – अन्नपूर्ण-२ ढिकुरपोखरी, कास्की।

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...