News Portal

  • प्रधानमन्त्री यूद्धको घोषणा गर्ने, बजेटमा ह्रस्वदिर्घ पनी परिवर्तन हुदैन भन्ने अर्थमन्त्री

    कमला थापा
    ३०३ पटक

    काठमाण्डौं। समाजबादी मोर्चाको घोषणा सभामा नेपालका प्रधानमन्त्री प्रचण्डज्यूले जनताप्रति लक्षित गर्दै यूद्धको घोषणा गर्नुभयो, आफ्नो कुर्सीको मर्यादा त राख्नु होस प्रधानमन्त्रीज्यू ! तपाइले गर्नु भएको दश बर्षे जनयुद्ध, त्यसबाट भएको जनधनको क्षेती, बैंक लुटपाट, टुहुरा बनाइएका बालबालिका, सिन्दूर पुछिएका नारीहरु, ८५ बर्षको बृद्धबाबुले छोरालाई दिनु परेको दागबत्ती, पढाउदै गरेको शिक्षक, बाबुको कृयामा बसेको छोरा, यस्ता हजारौं, हजार घटना, त्यसलाई तपाईले दिनु भएको उपनाम “महांन जन-यूद्ध !”

    जनता त्यो कालो दिन बिर्सन चाहन्छन् तर तपाईहरु बिर्सन दिनुहुन्न, देशलाई चरम गरिबीको रेखा मुनि पुर्याउने, काण्डैकाण्डले देश उठन नसक्ने गरी थला परि सक्यो, मिटर ब्याज, लघुबित्त, सहकारीबाट गाँसबाँसबिहिन भएका जनता बलात्कृत भएका महिला, अनसनमा ४ महिनादेखी काठमाण्डौंको सडकमा छन्, उखु किसानदेखी तरकारी, फलफूल उत्पादन गर्ने किसानहरु बजार भाउ नपाएर दिनदिनै आफ्नो उत्पादनलाई सडकमा पोखेर बिरोध जनाइ रहेछन्, बिदेशी बिषादी यूक्त तरकारी, फलफूलले नेपाली बजार पाउने नेपाली, जनताले त्यहि खान बाध्य हुनुपर्ने, किसानहरू ऋणमा डुब्ने बैंकको ब्याज घटाउछु भन्नु‌हुन्थ्यो खोई ? बढाउने बेलामा सय प्रतिशत, घटाएको देखाउने जिरो प्रतिशत कति झुटमाथि झुट बोलेको बैंकले लिलामका लागि नाम निकाल्न बन्द नगर्ने, ब्यपार ठप्प भैसक्यो, भ्रष्टचारबाट आर्जन गरेको सम्पत्तिले जिवनको पूर्वाधार जेल गएर बस्नु पर्दा पनि नखुलेको चेत, कहिले आउने ? सत्ताको आडमा अनैतिक तरिकामा कमाएको सम्पत्ति आफ्नै उमेरमा चलाउन नपाउने, दृष्टान्त देखेर पनि नआएको चेत कहिले आउने प्रधानमन्त्रीज्यू ? यस्ता कुरा उठाउने जती सबै प्रतिगमनकारी हुन् ?

    जनताहरु जनयूद्धकालका कहालीलाग्दा घटनालाई बिर्सन चाहन्छन्, तर तपाईहरु सत्ताको रजाई गर्दै उल्टै जनतालाई प्रतिगमनकारीको बिल्ला भिराएर, देशमा फेरी प्रतिगनले टाउको उठाउन लाग्यो हामी छाडदैनौ, यूद्ध गर्छौ, को संग ? १७ बर्ष अगाडी बनेको शान्ति तथा मेलमिलाप आयोग त्यसलाई काम गर्न नदिएर म्याद नथप्ने तपाईहरु, यूद्ध पिडित, बेपत्ता पारिएका परिवार, तिनका आमाबुबा, छोराछोरी श्रीमतीहरुले न्याय माग्न नपाउने ? अदालतमा यस्ता मुद्धाहरु चांग लागी सक्यो, तपाईहरुकै कार्यकर्ताहरु पनि यूद्धकालका चोट, अंगभंग भएका, अपाङ्ग, दिर्घ रोगी शरिर लिएर उपचार गर्न नसक्ने अबस्थामा बांचेका लडाकु छन्, के तिनिहरुको उपचार, बालबच्चाको शिक्षा, स्वास्थ्यका लागि सोच्नुभयो ? बारबार राष्ट्रिय ढुकुटी रित्याउएर पैसा बाँडने भन्ने बाहेक केही भएन, त्यो भन्दा त देशमा रोजगारीको ब्यबस्था, बन्द भएका उद्दोगधन्दाहरु खोल्ने, सरकारी अस्पतालहरुमा गुणस्तरको उपचार, त्यस्तै सरकारी स्कूलहरुमा गुणस्तरको पढाईका बिषयमा सोचिएको भए तिनका छोराहरुले काम गरिखान त पाउथे, कहिले सोचिएन, जनताले यस्ता अभाव झेलिनै रहनुपर्यो, राज्य आतंक तपाईहरु मच्चाउने जनतालाई बिदेशिन बाध्य बनाउने चुनाबका बेला बिना ढेउवा, बिना भिसा बिदेश पठाईदिने आसा देखाउने यो कस्तो नैतिक्ता हो ? अनी दोष अरुमाथी थोपर्ने, जनताले‌ बुझिसकेका छन् पेट दुख्दा, रुघाखोकी आंखा उपचारसमेत बिदेशका महंगा अस्पताल पुग्ने, नेपालका डाक्टरहरु बिश्वमा प्रख्यात हुने, पुरस्कृत, संम्मानित हुने, तर यहाँका भिआइपीहरुलाई काम नलाग्ने किन ? यस्ता कुराहरु प्रति ध्यान कहिले गयो ? त्यसैले अब आन्दोलन भयो भने राज्य संचालक भ्रष्ट पार्टीहरुप्रती लक्षित हुनेछ, जसले‌ आफ्नो असक्षम्ता लुकाउन ४ पार्टीको मोर्चा बनाएर शक्ति आर्जन गर्ने, शत्तामा टिकिरहने, जनता मार्ने उपर हुने छ भन्ने लाग्छ।

    ०६२/६३ को आन्दोलन केवल संसद पुनःस्थापनाको एक सुत्रिय माग थियो, सत्ता सोझै राजाले लिएका होईनन्, उनलाई संसद बिघटन गर्न सुनको थालीमा राखेर आधारातमा बुझाउने तत्कालीन प्रधानमन्त्री देउवाज्यू नै हुनुहुन्थ्यो, प्रतिगमन हाम्रै पार्टि फुटाउने ब्यक्तिबाट भएको हो, जसकाबिरुद्ध स्व. नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा आन्दोलन भयो, राजाले संसद पुनर्स्थापित गरिदिएका थिए, त्यतिबेला पनि आन्दोलन छोडेर आधा सच्चियो भन्दै राजालाई दाम चढाएर सरकारमा सामेल हुन पुग्नु भयो, नेता माधवकुमार नेपालजी, आन्दोलनको उद्देश्य राजसंस्था फाल्नु थिएन, शान्ति प्रकृयामा माओवादि ८३ जनालाई टिको लगाएर सांसद‌ गिरिजाबाबुले बनाउनु भएको, फाईदा तपाईहरुले लुट्नु भएको हो, तपाईहरुको योगदान उक्त आन्दोलनमा थिएन, अन्यथा गिरिजाबाबुको राजसंस्था हटाउने उद्देश्य थिएन, हामिलाई पनि राम्रो जानकारी छ, त्यसैले अब यदी जनताको आन्दोलनको आंधिबेहरी आयो भने राज्य दोहन गर्ने बिरुद्ध लक्षित हुन्छ, जसको आब्हान तपाईहरु आफै गर्दै हुनुहुन्छ।

    संसद अहिले प्रतिपक्षबिहिन अबस्थामा छ। बजेट बितरणमा भएको अनियमितता, अधिकांस जिल्लामा बजेट बिनियोजन नभएको, ठुलाबडाहरु बाहेक अरुलाई छैन, सांसदहरु संसदमा दिनहूं बोलिरहे छन्, अर्थमन्त्री एउटा कमा पनि परिवर्तन नहुने धम्की दिनुहुन्छ, संबन्धित मन्त्रीहरुलाई कुन‌ नगरपालिकामा कती वडा छन्, कुन गाउँपालिका कुन जिल्लामा पर्छ भन्ने जानकारीनै नलिई बजेट छुट्याएको पाइन्छ, थाहा नहुन सक्छ, सम्वन्धित जिल्लाहरुको नक्सा हेर्न त सकिन्छ, सोध्न सकिन्छ, त्यसै हचुवाको भरमा गर्नु त भएननी, मन्त्रीमण्डलकै बेजत होईन यो ? तपाईहरु भन्दा कती परिपक्व सांसदहरु छन्, उनिहरुको प्रस्तुती हेर्नु होस्, बुढा नेताहरुको नातिनी, कान्छी छोरी भन्न सुहाउने छन्, सत्ता पक्षकै सांसदहरुले राम्रो तर्क सहित प्रस्तुत गरेका छन्, के त्यो देख्दा, सुन्दा ठूला ठान्ने, अनुभवीलाई लज्जा बोध हुदैन ? यसलाई जनताको सरकार भन्न मिल्छ ? अनी प्रतिगमनबिरुद्ध एकजुट हुन भन्दै आफ्नै गठबन्धनको ठूलो पार्टनर नेपाली कांग्रेसका सभापति नभएको मौका छोपेर, मोर्चाको घोषणा गर्नु, यो गठबन्धनको बिरुद्ध भएन ? कति झुक्याउने यस्तो चरित्र राजनितिमा सधै चल्दैन, अब जनताले कसरी, कुन आधारमा पत्याउने, नेतालाई प्रधानमन्त्रीज्यू, यो धोखापूर्ण कार्यलाई नेपाली कांग्रेसले अझै बुझ्दैन ? कांग्रेसको होस आओस।
    जय नेपाल।

    (थापा नेपाली कांग्रेसको पूर्व सांसद हुनुहुन्छ।)

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१६ गते आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १६ गते आइतबार इश्वी सन २०२४ अप्रिल २८...

    गोरखापत्रकर्मी राईलाई धरान खेलकूद मञ्चद्वारा ‘मिडिया अवार्ड’ प्रदान

    बैशाख-१५, शनिबार/धरान – गोरखापत्रकर्मी पत्रकार निशा राईलाई धरान खेलकुद मञ्चद्वारा “मिडिया अवार्ड २०८०” प्रदान गरिएको...

    रंगेलीका अग्नि पिडित परिवारका लागि घर निर्माण गरिदिने

    बैशाख-१५, शनिबार/मोरङ – मोरङको रंगेली ३ स्थित वावुसाहेव टोलमा चैत्र ३ गते भएको आगलागी  पिडित...

    कूवेतमा संखुवासभा समाज कुबेत गठन,अध्यक्ष विजय लामा

    कुबेत -“अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान” भन्ने सुन्दर नारालाई आत्मसात गर्दै,रोजगारीको शिलशिलामा प्रबासी...

    जन-जागृतिको साताै अधिवेशन सम्पन्न, राम बहादुर योन्जन तामाङ अध्यक्षमा चयन

    कुवेत–   जन-जागृति युवा समाज कुवेतको साताैं अधिवेशन तथा चाैधाैं वार्षिक उत्सव सम्पन्न भएको छ ।...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal