News Portal

  • कपास बिकास समिति खारेज गर्नुको रहस्य के हो ?

    कमला थापा
    ४८० पटक

    नेपालका सारा कलकारखाना, सानादेखी ठुलासम्म गरेर अहिले करिब दुई/ढाई सय उद्दोगधन्दाहरु बन्द भैसकेका छन्, यस्ता उद्दोगहरु बन्द नभएको भए नेपालीहरुले बिदेशको बजारमा रोजगारीको लागि भौतारिनुपर्ने थिएन, तर देशमा बहुदल आय यता सबै उद्दोगधन्दाहरु बन्द गराए, यसको रहस्य के हो ? दलका नेता सरकारले यसको जवाफ दिनुपर्यो, अब हुँदाहुँदा कपास बिकास समिति पनि यो गणतन्त्रको सरकारले यस्पालीको बजेट मार्फत खारेज गर्यो, किन ? यो किसान मारा सरकार भएन ?

    कपास खेती हुने बाँके, बर्दिया, कैलाली, कन्चनपुर र काभ्रेलगायत जिल्लाका किसानहरु ठाडै सकिएनन्, कपास उत्पादनबाट दशौं हजार कृषक, कामदारहरुले आय आर्जन गर्दथे भने, त्यस्तै रोजगारी पाएका थिए, राष्ट्रको अर्थतन्त्रलाई ठूलो टेवा पुर्याएको थियो, कपासको बिउ, बोट सबै उपयोगी जस्तो यसबाट बन्ने, कपडा, धागो मात्र नभै यसको बिउबाट बनस्पती तेल, घिउं, बोटबाट अल्लोको जस्तै कपडा बन्ने, कुनै खेर नजाने यस्ता कुराहरु माथि कस्को स्वार्थमा र निर्देशनमा नेपालका शासकहरूले, अर्थमन्त्रीले काम गरिरहेका छन्, जनतालाई जवाफ दिनैपर्छ सिंगो राष्ट्रमाथी यती‌ धेरै खेलबाड।

    गणतन्त्रको संबिधान असफल भैसक्यो संबिधान नेताहरुको अनुकुलतामा आफुलाई फाइदा जसरी हुन्छ त्यसरी नै चलाईएको छ, संसद प्रतिपक्ष बिहिन देखिन्छ, भ्रष्टाचार लुकाउन आ-आफ्ना मान्छे जोगाउन सबै एक जुट हुन्छन्, संसदमा कुनै राष्टि्य समस्या, राष्ट्रिय, अन्तर्राष्ट्रिय, जनताका समस्या उपर गहिरो छलफल हुदैन प्राय सस्तो लोकप्रियताका लागि बोलीएको सुन्निछ, केही सांसदले राम्रो बोलेका छन् तर सुनुवाई हुदैन, जो बोल्छन् त्यो पनी सचिवालयको रेकर्डबाट हटाउने मागमै पुरा समय ब्यर्थ खेर गएको देखिन्छ, प्राय ठूला भनिने सांसदहरुको उपस्थिती छदै छैन भन्दा फरक पर्दैन, सरकार र पार्टीका नेताहरुले सिंहदरबार भन्दा बाहिर देश देखेकै छैनन्, आफ्नो भुगोल, सांध सिमाना मिचिरहदा समेत सत्ता जाने डरले बोल्न सक्दैनन्, यसरी देशको रक्षा भन्दा आफुलाई जोगाई दिने शक्तिकेन्द्र रिसाउलान भन्ने त्राहिमाम भयको लाजमर्दो, दयनिय अबस्था संसद भित्र देखिन्छ अनी कसरी हुन्छ देश को रक्षा ? जनतालाई जती चिन्ता नेताहरु र सरकारलाई भैदिएको भए आज स्वर्ग जस्तो देशको यो हबिगत, दुरदसा जनताले ब्यहोर्नुपर्ने थिएन ।

    प्रधानमन्त्री प्रचण्डज्यूको परराष्ट्रमन्त्रीसहितको जम्बो टोलीको भर्खरै सम्पन भारत भ्रमण, त्यसका सकारात्मक र नकारात्मक पक्षलाई हेर्ने हो भने, नकारात्मक पक्षको जित भएको देखिन्छ, उहांको भनईलाइ मान्ने ‌हो भने आजसम्म अरुले गरेको भ्रमण भन्दा धेरै राम्रो, ऐतिहासिक, स्वागतयोग्य भनाई छ, कुन हदमा ? आफ्नो देशको जमिन भारतको नयाँ संसदमा राखिएको नक्साको अनुमोदन गरेर आउनुभएको कारण ? या १५ ओटा मूर्रा रांगा उपहारमा पाउनु भएर ? या कालापानी, लिपुलेक र लिम्पियाधुरासंग, फूलबारी बन्दरगाह पुग्ने मार्ग सट्टापट्टा गर्न सकिने प्रस्ताव राखेर ? के उक्त‌ प्रस्ताव राख्न नेपालको संसदबाट पास गरेर लानु भएको थियो ? त्यो अधिकार कस्ले दियो ? की हिन्दू राष्ट्र नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाउने, अनी भारतका प्रधानमन्त्रीज्यूको आज्ञाकारी बन्दै गेरु बस्त्र धारण सहित महांकालेश्वर मन्दिरमा पूजा आराधना गर्नुभएकोले ? या राष्ट्रपतिज्यूलाई एकै घण्टामा नागरिकता, फौजदारी ज्यान मुद्दामा सजाय खेपिरहेका ब्यक्तिहरुलाई आम माफिको बिधेयकमा सही गराएर आफ्नो भ्रमण सफल बनाउन सक्नु भएकोमा ? पूर्वराष्ट्रपतिबाट अस्वीकृत भै म्याद सकिएको बिधेयकमा बर्तमान राष्ट्रपतिज्यूले अर्काको नामको मुनी प्रमाणिकरण गर्न कानूनले दिन्छ ? यस्तो असंम्बैधानिक कार्यलाई कानूनी भाषामा के भनिन्छ ?

    कृत्य, जालसाजी भनिन्छ प्रधानमन्त्रीज्यू ! त्यो भन्दा ठूलो उपलब्धी त खासै देखिदैन, धन्नै हो हाम्रो प्रधानमन्त्रीज्यूको आज्ञाकारीपनलाई मान्नैपर्छ, पहिलो एक महिने प्रधानमन्त्री हूदां एमालेका नेता केपी ओलीको निर्देशनमा राष्ट्रिय पोशाक लगाउनुभयो, भारतका प्रधानमन्त्रीज्यूको निर्देशनमा धार्मिक भएर आउनुभयो, आराध्यदेव पशुपतिनाथको दर्शन पनि गर्नु नै भयो, आज्ञापालको हिसाबले हाम्रो प्रधानमन्त्री प्रचण्डज्यूलाई मान्नैपर्छ, अब नेपाललाई हिन्दु राष्ट्र घोषणा पनि गर्नु हुन्छ होला ! परराष्ट्र नीति पनि बदल्दै हुनुहुन्छ भन्ने सुनिन्छ, एसपिपी पास गर्नु हुँदैन होला, किनकी उहांहरुको निर्देशन त्यही छ रे हाम्रा प्रभावकारी सबै नेताहरुलाई धमाधम बोलाएर त्यही निर्देशन दिएको कुरा आएको छ। आज्ञाकारीको हिसाबले मान्नैपर्छ, झुट बोल्न र ढोग गरेर अरुको बिश्वास जित्न सक्ने तपाईको क्षमतालाई, यस्ता कुराहरु कोही तपाईबाट सिकुन ! नेपाली कांग्रेस जस्तो सजिलो पार्टनर जो पाउनु भएको छ, जे जती काम गर्नु पर्ने हो अहिले नै सम्पन्न गरिहालुम प्रधानमन्त्रीज्यू, भोली अन्यौल छ। जय नेपाल।

    {उहाँ (थापा) पूर्व सांसद हुनुहुन्छ।}

    प्रतिकृया दिनुहोस्

    नियमित मर्निङ वाकले मोटोपना, हृदयरोग जस्ता रोगबाट बचाउँछ

    काठमाडौं। बिहानको ताजा हावामा हिँड्नु भएको छ ? बिहानै उठ्न सबैलाई कष्टकर लाग्छ तर बिहानको...

    आज बैशाख-१६ गते आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १६ गते आइतबार इश्वी सन २०२४ अप्रिल २८...

    गोरखापत्रकर्मी राईलाई धरान खेलकूद मञ्चद्वारा ‘मिडिया अवार्ड’ प्रदान

    बैशाख-१५, शनिबार/धरान – गोरखापत्रकर्मी पत्रकार निशा राईलाई धरान खेलकुद मञ्चद्वारा “मिडिया अवार्ड २०८०” प्रदान गरिएको...

    रंगेलीका अग्नि पिडित परिवारका लागि घर निर्माण गरिदिने

    बैशाख-१५, शनिबार/मोरङ – मोरङको रंगेली ३ स्थित वावुसाहेव टोलमा चैत्र ३ गते भएको आगलागी  पिडित...

    कूवेतमा संखुवासभा समाज कुबेत गठन,अध्यक्ष विजय लामा

    कुबेत -“अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान” भन्ने सुन्दर नारालाई आत्मसात गर्दै,रोजगारीको शिलशिलामा प्रबासी...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal