News Portal

एमालेका नेताहरूसँग लाज आफै लजाउँछ

उमेश बन्जाडे
४३५ पटक

लाज नै लज्जित भएपछि कसको के लाग्ने रहेछ र? चेतनामा डढेलो लागेपछि त्यसले आफुबाहेक सबैलाई कुरुप देख्ने गर्छ ।इतिहासका त्याग, बलिदान र मर्ममाथि सधैं खिसिट्युरी गर्ने बानिपरेको नेपालको दोस्रो ठूलो राजनीतिक दल एमालेले अहिले त्यही स्वरुप ग्रहण गरेको छ ।

वर्तमान सरकारले भ्रष्टाचारका फाइल खोल्न थालेपछि पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको होशहवास उडेको छ । सबैले उसको लुटाह अस्तित्वमाथि प्रहार गरिरहेका छन् । उसको विगतप्रति घृणा गरिरहेका छन् । उसको स्वरुप देखेर लोक लज्जित छ ।

तर, पनि उसले पटकपटक भुइँमा खसेको आफ्नो मुखुण्डो भिरेर आफुभित्रको देश लुट्ने अभिप्राय अझैसम्म जिउँदै राखेको छ । बूढो स्यालले जस्तै ऱ्याल काढेर दाह्राहरु तिखारी रहेको छ । अरुले सेतोलाई सेतो भन्दा कालो भनेर राँइदलो मच्चाउने त्यो प्रवृत्ति पछिल्लो समय आफ्नै कर्तुतहरुको भँड्खालोमा नमज्जासँग घोप्टिएको छ ।

उतिबेला ‘समृद्ध नेपाल, सुखी नेपाली’को हल्ला मच्चाएर रातारात एउटा अनुहारको तस्वीर काठमाडौंका विद्युतीय पोलमा टाँसियो । त्यसले विरोध र समर्थनका बाबजुद व्यापक रुपले चर्चा कमायो । जनतामा पनि दुईतिहाइ बहुमतको सरकारले आंशिक भएपनि आफ्ना व्यथाहरूमा केही राहत पुग्ने अभिलाषा थियो ।

सरकार समर्थित राजनितिज्ञ र बुद्धिजीवी समेतलाई अब त विकास र समृद्धिका ढोकाहरू खुल्छन् भन्ने विश्वास थियो । झन्डै सधैंजसो सत्ताको अंशियार बनेको एमाले आफ्नै कारण भुँइ न भाँडो बन्यो । अब दशकौंसम्म सत्ताबिहीन भएर कसरी देश लुट्ने भन्ने चिन्ताले पिरोलेको छ ।

“भ्रष्टाचारका हरेक पानामा उनीहरूकै हस्ताक्षर र उपस्थिति छ । यद्यपि, उनीहरूलाई थोरै पनि लाज र हिनताबोध छैन । किनकी, उनीहरू एमाले हुन् । विडम्बना १ यिनैले देशको भलो चिताएको निबन्ध सुनाएरै लोक हसाउँछन् । त्यसैले त एमाले भन्ने पार्टीका नेताहरूसँग लाज आफै लजाउँछ ।”

उसैत कम्युनिष्टको, त्यसैमा पनि दुईतिहाइ बहुमतको सरकार । ओख्खो १ अब त अलिकति भएपनि राहतको कोल्टे फेर्न पाइन्छ कि रु भन्ने आम सर्वसाधारणको आशा थियो । यद्यपि, त्यो अपेक्षा नराम्रोसँग निराशामा परिणत भयो ।

सत्ताको तरबार फन्काएर भ्रष्टाचारको जालो बुन्नेहरूले आम आशामाथि निराशाको धुलो मिल्काइदिए । शक्ति र पावर हात पर्नेबित्तिकै आफूलाई जंगली बाघ ठान्ने अहमता रुपि त्यही खम्बामा टाँसिएको अनुहारले समग्रतया ‘दस खर्बको वैदेशिक ऋण’ देशको थाप्लोमा भिडाइदियो ।

कहिले हेलिकप्टरमार्फत केक मगाएर त कहिले ओली बन्धुहरूलाई भोज खुवाएर मोजमस्तिको रवाफ देखायो । केही गर्न खोज्ने मन्त्रीहरूलाई थर्काउनेदेखि अपराधिक मनोवृत्ति भएकालाई आफ्ना वरिपरि राखेर ताली पट्काउनेसम्मको जागिर खुवायो। क्रमशः घमण्ड र अहंकारको चुलिमा पुगेर तानाशाही प्रवृत्तिलाई अंगाल्न सौखिन देखिएको त्यो नेतृत्व संसद विघटनको भुग्रोमा परेर धुलिसात बन्यो ।

त्यो खम्बामा झुन्ड्याइएको तस्वीरले झन्डै बयालीस महिनासम्म राज्यसत्तालाई कतिसम्म दोहन गऱ्यो भन्ने विषयहरू अहिले एकपछि अर्को गर्दै छर्लङ्ग भइरहेकै छन् । भ्रष्टाचारका हरेक पानामा उनीहरूकै हस्ताक्षर र उपस्थिति छ । यद्यपि, उनीहरूलाई थोरै पनि लाज र हिनताबोध छैन । किनकी, उनीहरू एमाले हुन्।

पशुपति मन्दिरको जलहारीमा पित्तल मिसाएको मुद्दामा ढाकछोप गर्न एमाले सांसदहरू संसदमा जंगिए । उता नक्कली भुटानी शरणार्थी काण्डमा बालकोटसम्म पुगेको लहरो खुम्च्याउन आह्वान गर्दै ओली दिनको दुई पटक आफू स्वयं लुरुक्क बालुवाटार पुगे ।

७० करोड काण्डका सिफारिसकर्ता र पानी ट्याङ्कीभित्र पैसा लुकाउने पात्रलाई भान्से बनाएको एमालेको आगामी यात्रा सुखद छैन । विडम्बना त के भने यिनैले देशको भलो चिताएको निबन्ध सुनाएरै लोक हसाउँछन् । र, त यो एमाले भन्ने पार्टीका नेताहरूसँग लाज आफै लजाउँछ ।

करोडौं भ्रष्टाचार गरे वाफतको चारो खाएकाहरू कुनामा बसेर प्रचण्डको विरोध गरिरहेका छन् । मदन भण्डारीको हत्या गरी उनकै नामको फाउन्डेसन चलाएर उनकै चिहानमा रत्यौली नाच्नेहरू आज हेपाहा छिमेकीसँग आँखा जुधाएर वर्षौं पुराना प्रश्नको उत्तर खोज्ने प्रचण्डलाई खिसिट्युरी गरिरहेका छन् ।

चेतनामा डढेलो लागेको एमालेलाई कठै भन्दा अरु के नै भन्न सकिन्छ र रु हामी आम नागरिकले बुझ्नुपर्ने कुरो के हो भने, सबै दलका देशघाती, भ्रष्टाचारी र लुटेराहरू एउटै वर्गका र एउटै स्वर्गका हुन् ।

ती विपरीत बन्न सक्छन् । तर, फरक हुन सक्दैनन् । उनीहरू एउटै कचौराका दुई कुनामा बसेर चाट्ने चिनी कमिला हुन् । जसरी पनि देश लुछ्ने र आफू मोटाउने नीतिलाई उनीहरूले शिरोधार्य गरेका हुन्छन् ।

लोकतन्त्रमा हरेक दल वा विचारमा आस्था राख्न पाइन्छ । आफुले समर्थन गरेको दल र नेतृत्वले आम सर्वसाधारणका मुद्दामा कत्तिको चासो राख्छ र त्यसले समग्र देशको हिततर्फ कस्तो पाइला चाल्छ भन्ने मानेमा हामी आम नागरिकले हेक्का राख्नुपर्छ ।साभार दृष्टि खबर।

उमेश बन्जाडे
लमही दाङ

 

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...