News Portal

स्थानिय स्तरवाटै ग्यास प्रयोगमा जनचेतना जगाउन आवश्यक – चन्द्र थापा,अध्यक्ष

हिमालीसंचार संवाददाता
३४४ पटक

काठमाडौं – अत्यन्तै प्रज्वलनशिल पदार्थ एल पि ग्यास शहर देखि गाउँ गाउँ सम्म र घरायसी देखि व्यवशायीक प्रयोजनन सम्म प्रयोग भई रहेको वर्तमान अवस्थामा यसको प्रयोगमा जनचेतना जगाउनुको साथै विक्री वितरणलाई तत्कालै व्यवस्थित गरिन आवश्यक छ। अहिले भइरहेको छरपस्ट डिलरका कारण वेला वेलाका विभिन्न समस्याहरु आउने हुन्छ। यसलाई व्यवस्थित गर्न गराउन विगतका दिनहरुमा थुपै प्रयास भए पनि अभियानले पुर्णता पाउन सकेको छैन। जब जब प्रयोगमा जनचेतनाको कमि सगैअरु र अन्य विविध कारणले दुर्घटनाहरु वढ्छ,अनि सुधारात्मक कुराहरु देखि फरक फरक मूल्यको समेत चर्चा शुरु हुन्छ । दिनहरु वित्दै जान्छन,दुर्घटनामा कमि आउछ अर्थात भए पनि सुनिदैन,उठान भएका सुधारात्मक अभियानहरु पनि विस्तारै विस्तारै सेलाउदै जान्छ ।

यसै क्रममा ग्यास विक्रेता महासंघको पदाधिकारी टीमबाट माननिय उधोग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजाललाई भेट गरि ग्यास प्रयोगमा जनचेतना मुलक कार्यक्रम स्थानिय स्तरबाट गरिनु पर्ने,कारोवार लाई व्यवस्थित वनाउन छरपष्ट रुपमा रहेका डिलर,डिष्ट्रीव्युटरहरुलाई व्यवस्तित गर्न गराउन र उपयोगमा जनचेतना जगाउन कानुन वनाएर स्थानिय स्तर वाटै शुरु गरिहाल्नु पर्ने जस्ता विषयहरु उल्लेख पत्र वुझाएका छन् ।

यसरी नै तपाईहरु स्थानिय स्तरमा पुग्नु भयो कि भएन भनि हिमाली संचारको संवाददाताले कुराकानी गर्दा,स्थानिय निकाएसंग कुराकानी गर्न खोज्दा केहि जनप्रतिनिधी ज्युहरले चासो दिनु हुन्छ तर केहिले मतल वै गर्नु हुन्न । कुराकानी गर्न खोज्यो फोन उठाउनु हुन्न भेट दिनु हुन्न यी र यस्ता विषय हरुमा उहाँहरुले वढि चासो दिनु पर्ने हो तर खै प्रायले वास्तै गर्नु हुन्न,त्यहि भएर यसरी माथिल्लो निकाएमा पुग्नु परेको छ,थापाले दु:खेसो गरे ।

हामीले पनि धेरै ठाउँमा जनचेतनामुलक कार्यक्रमहरु गरिसकेका छौं ।तर स्थानिय स्तरबाटै अभियानको रुपमा ल्याउन सकिएन भने प्रभावकारी नहुने र आउने दिनहरुमा स्कुल कलेज हरु ले प्रज्वलनशिल पदार्थ ग्यासको प्रयोग,विजुली को प्रयोग,सामाजिक संजालको प्रयोग,उपभोग्य सामग्री को खरिद र प्रयोग संवन्धमा उपभोक्ता सचेतना संवन्धी शिक्षाहरु पाठ्यक्रम मै समावेस गर्न आवश्यक देखिन्छ माहासंघ अध्यक्ष थापा भन्छन्।

 

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...