News Portal

दम्भले कम्युनिस्टहरू अहँकारी बने : विमलेन्द्र निधि

हिमाली संचार संवाददाता
६३६ पटक

विराटनगर : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार दुई तिहाइ बहुमतको भएपनि काम गर्न नसकेको आरोप लगाएका छन् ।

विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै निधिले कांग्रेसलाई गाली गरेर कम्युनिस्ट सरकार भाग्न नमिल्ने बताए । उनले दुई तिहाईको यो सरकारलाई निरर्थक हुन नदिन सुझाव पनि दिए ।

कांग्रेस नेता निधिले कम्युनिस्ट सरकारलाई जनताका पक्षमा तल्लीन भएर काम गर्न आग्रह गरे । कम्युनिस्ट सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले कामभन्दा पनि गफ धेरै गर्ने गरेको बताए ।

‘दुई तिहाईको दम्भले कम्युनिस्टहरू अहँकारी बनेका छन्’, उनले भने, ‘कांग्रेसलाई भन्दा उनीहरूलाई नै नोक्सानी हुन्छ ।’

उनले कांग्रेसको विधाननुसार नै महासमितिको बैठक बस्ने तयारी भइरहेको र बैठकले विधान संशोधन गरेर भावी राजनीति रणनीति तय गर्ने बताए । उनले भने, ‘कांग्रेस पार्टीमा कुनै पनि गुट उपगुट छैन । भएपनि मिलाएर जाने छौँ ।’

प्रतिकृया दिनुहोस्

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...

तत्कालीन माओवादी नेता काठमाडौँ महानगर कमिटी एमालेमा सामेल

काठमाडौँ, माघ १२ – पूर्व माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटी अध्यक्ष राजेश लामा सोमबार नेकपा...

बालेन शाह सक्रिय, रवि लामिछाने अहिले छायामा

काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक...

गगन थापा मधेस पुगे, देश जोड्ने अभियानमा

सर्लाही, माघ १२ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसको यात्रा सुरु गरेका छन्। थापाले...

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...