News Portal

दम्भले कम्युनिस्टहरू अहँकारी बने : विमलेन्द्र निधि

हिमाली संचार संवाददाता
७७० पटक

विराटनगर : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार दुई तिहाइ बहुमतको भएपनि काम गर्न नसकेको आरोप लगाएका छन् ।

विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै निधिले कांग्रेसलाई गाली गरेर कम्युनिस्ट सरकार भाग्न नमिल्ने बताए । उनले दुई तिहाईको यो सरकारलाई निरर्थक हुन नदिन सुझाव पनि दिए ।

कांग्रेस नेता निधिले कम्युनिस्ट सरकारलाई जनताका पक्षमा तल्लीन भएर काम गर्न आग्रह गरे । कम्युनिस्ट सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले कामभन्दा पनि गफ धेरै गर्ने गरेको बताए ।

‘दुई तिहाईको दम्भले कम्युनिस्टहरू अहँकारी बनेका छन्’, उनले भने, ‘कांग्रेसलाई भन्दा उनीहरूलाई नै नोक्सानी हुन्छ ।’

उनले कांग्रेसको विधाननुसार नै महासमितिको बैठक बस्ने तयारी भइरहेको र बैठकले विधान संशोधन गरेर भावी राजनीति रणनीति तय गर्ने बताए । उनले भने, ‘कांग्रेस पार्टीमा कुनै पनि गुट उपगुट छैन । भएपनि मिलाएर जाने छौँ ।’

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...