News Portal

सत्ताको उन्मादले बेहोसी सरकार

दुर्गा प्रसाई पूर्व मेचीदेखी पश्चिम महाकाली हुदै काठमण्डौं आईसके !

कमला थापा
४४० पटक

ईतिहांसमा हामीले पढेका थियौँ इटालीको राजधानी रोम जलिरहेको थियो, तर राजा ” नीरो” बासुरी बजाएर बसिरहेका थिए भने, जस्तै आज नेपाल रोईरहेको छ। जनता जलिरहेका छन्, दिनदिनै आत्म हत्या गर्नेको संख्या बढदो छ। बांच्न पाउ सरकार भनेर चिच्याई रहेकाछन् तर, हाम्रा गणतन्त्र नेपालका सयौं राजाहरु आफ्नै पद, प्रतिष्ठा, शक्ति आर्जनका खातिर लुठाचुंडिमै मस्त छन्, के यहि हो गणतन्त्र नेपालको रुप ?

के यसैलाई भनिन्छ जनताको सरकार, बैंकको मिटर ब्याजले आक्रान्त जनता आ-आफ्ना माग सहित सडकमा उत्री सकेका छन्, ती सबैको आवाजलाई बुलन्द गर्दै सामाजिक अभियानको नेतृत्व गर्दै दुर्गा प्रसाई पूर्व मेचीदेखी पश्चिम महाकाली हुदै काठमण्डौं आईसके, अभियानमा हजारौं पिडित ब्यापारी, ब्यवसायी बुद्धिजिवी, बिभिन्न पेशाका ब्यक्तित्व, बिश्लेषकहरुको सहभागिता रहेको देखिन्छ। यो देख्दा लाग्दैन नेताहरुले सोचे जस्तो त्यसै रोकिएला र यत्रो समुहलाई सडकमै अलपत्र पारेर दुर्गा प्रसाई भाग्ने छन, किनकी यसमा नागरिकहरु जोडिईसकेका छन्।

अभियानमा १५ बूदे माग सहित बिभिन्न नारा लागेको छ “राजा ल्याउ देश बचाउ” गणतन्त्र चाहिदैन ०४७ को संबिधान लागु गरौं आदी, उता नेताहरु भन्दै छन्। जनतालाई दिग्भ्रमित गर्ने काममा केहि ब्यक्ति लागेका छन्, सरकार नाका, नाकामा जनता रोक्न गृहबाट उर्दी जारी गरेर रोकिरहेको छ तर त्यो समस्याको समाधान होइन अभियन्ता दुर्गा प्रसाई जनताको सहायक भएर आएको देखिन्छ।

त्यती कमजोर अबस्थामा उनी छैनन्, जनताको पूर्न साथ पाइसकेका छन्, त्यसैले कतै राजा ज्ञानेन्द्रलाई पनि यो बिश्वास थियो, एकदिन जनता र देश ठूलो दुर्घटनामा पर्न सक्छ त्यतिबेला राष्ट्र, जनतालाई आफुले साथ दिनुपर्छ, बचाउनुपर्छ भन्ने बिश्वासमा राजा ज्ञानेन्द्र देश नछोडी स्वदेशमै बसेका रहेछन् भन्ने देखिन्छ। धन्न नेपाली जनताको भाग्य कमसेकम आज आफ्नो आस्थाको केन्द्र राजा पुकार्न त पाएका छन्।

नेपालमा अहिलेसम्म जति पनि आन्दोलनहरु भए, ती सबै राजनीतिक परिवर्तनका लागी भयका थिए ०३६ साल देखीका आन्दोलनमा सरिक हुदै आएका हामी कार्यकर्ताहरुले नागरिक आन्दोलन देखेका थिएनौं। मुलुकमा बढदै गएको भ्रष्टाचार, महंगी, बेरोजगार, अन्यायबाट आजित भएका जनता, ब्यापारी बर्गहरुले धेरै अगाडी देखी उठाउँदै आएका कुराहरु सरकार सुन्ने पक्षमै भएन। किनकि सत्ताको उन्मादले होस गुमाई सकेको सरकार, ठूला दलहरुले देश लुट्न मात्र हैन आफ्नै कार्यकर्तालाई मानसिक तनाबमा बाँच्न समेत बाध्य पारिरहेका छन्।

जस्तो ०७४ को चुनाबमा एमालेबाट शोषण गरिएकी “राज्य लक्ष्मी गोल्छा”बाट धेरै कुरा बाहिर आएपछी भित्रभित्रै मिलायो, त्यस्तै केश नेपाली कांग्रेसका केही कार्यकर्तालाई पनि नपरेको होला भन्न सकिन्न। त्यसैले बैंकले उद्योमीहरुलाई सताएको जस्तो पार्टीले आफ्नै कार्यकर्तालाई पनि मानसिक तनाबमा पारेका घटना छन्, जुन बाहिर आएका छैनन्। जय नेपाल।

(थापा नेपाली कांग्रेसको पूर्व सांसद हुनुहुन्छ।)

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...