News Portal

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई खुल्लापत्र

सन्जिब कोयी
१९६३ पटक

हौवा मुख्य मन्त्री ज्यु !
प्रदेश नं.१ विराटनगर
विजया दशमी, छठ पर्व साथै दिपावलीको शुभकामना छ ! रापीलो मौसममा भरीलो शुभकामना दिन पाउदा हर्षित छु। मुलुकमा दशैको रौनक साथै उल्लास सुरु भै सकेको छ। विदेशमा भएकाहरु स्वदेश र शहरमा भएकाहरु गाउधर जादैछन आफन्त, परिवार, दाजु-भाई र दिदि-बहिनी, साथी-भाईहरु र दौतेरीहरुलाई भेट्न, अगालो मार्न र धित मरुन्जेल अतितका सम्झनाहरु खोतली-खोतली हास्न, रमाउन आतुर छन् उसै त प्राकृतिले हराभरा लहलह मगमगाउने मौसम नै सुगन्धित हुन्छ।

विदेशमा बसेकाहरु झोला गुडाउदै स्वदेश फर्कदै गरेको फोटाहरु सामाजिक संजालमा राखी रहेका छन् विरानो मुलुकका चर्को धाम, मेहनत, श्रम पसिना र थकान केही दिनका लागी विश्राम लिन पाउदा सन्टुष्टिको लामो सुस्केरा हाल्दै गाउबेशी र वनपाखा खुशीको मिठास गुन्जाउदै यो मिठो अनुभूतिले हृदय गद्गदाएको छ। म जस्तै बाध्यताले अझै प्रबासमा रहन बाध्य, घरको छानो र पारिवारिक सुख संगै पेटको लागी मानोको जोहो गर्न प्रदेशमै बस्नु परेकाहरु प्रति आधुनिक प्रविधिको उपयोग गरी मनका कुरा साट्न बाहेकको विकल्प छैन।

हाम्रा देशमा भोट हाल्नेहरु कहिले पनी धनी भएनन् भोट पाउनेहरु मात्र सधै धनी नै धनी भए, नेताहरुकै स्वार्थीपनाले आज हामी विदेशीभुमीमा श्रम गर्न बाध्य भयौ। म जस्ता श्रमिकहरुलाई यस्ता हरेक चाड र रमाईला रौनकहरुले डिप्रेशनको सिकार हुनु परेको छ। गलत विचारले उत्कर्षमा डेरा जमाईरहेको हुन्छ।

मन्त्री ज्यु ! नेपालको राजनीतिक उथलपुथल हुदै लामो समयको अन्तराल प्रश्चात करीव आठ बर्ष पछी संविधान सभाले २०७२ सालको प्रस्तावना प्यारा चार ४ मा स्पष्ट रुपले संकल्पको परिकल्पना उल्लेख गरी ब्याख्या गरेको छ। यस्तो प्रत्येक महत्वपूर्ण बुदाहरुको कार्यन्यन गर्न संधिय सरकार, प्रदेश सरकार र समस्त विधायक संधिय प्रतिनिधि सभा, प्रदेश सभाका जनप्रतिनिधि ज़िम्मेदार हुदा-हुदै पनी संविधानको मुलमर्म र भावनालाई लत्याई रहेको छ। नेपालको संविधान २०७२ को प्रस्तावनाको प्यारा ४ मा स्पष्ट भनिएको छ।

बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसंस्कृतिक तथा भौगोलिक विभिधतायुक्त विशेषतालाई आत्मसात गरी विभितताको विषयमा एकता, सामाजिक, सांस्कृतिक ऐक्यावद्धता, सहिष्णुता र सदभावलाई संरक्षण एवम् प्रावधान गर्दै बर्गिय जातिय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्ध र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक र समावेशी र सहभागीतामुलक शिद्धान्तको आधारमा समतामुलक समाजको निर्माण गर्न संकल्प गर्दै भनिएको छ।

यसको अर्थ हरेक प्रदेशमा बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसास्कृतिक, विशेषतायुक्त भौगोलिक विभिततामा रहेर समान आकाक्ष र नेपालको राष्टिय स्वतन्त्रता भौगोलिक अखण्डता र राष्टिय हित र समृद्ध प्रति सजक रहेर एकताको सुत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा नेपाल राष्ट हो। यसरी संबिधानले नेपाल राष्टको परिभाषित गरीसके पछी प्रदेशको नामकरण गर्दा स्थानीय निकायको बहुपहिचान, बहुजातीय, बहुभाषिक विभितता झल्किनु पर्दछ।

दुर्भाग्यवस हरेक प्रदेशको नामाकरण संविधानको हरेक मर्म र भावना विपरीत नामाकरण हुदै गर्दा प्रदेश नं.१ को नामाकरणमा किरात राई यायोक्खा केन्द्रले स्थानीय निकायको बहुपहिचान, बहुअष्तित्वमा आधारित सभ्याताको आधारमा नामाकरण गर्दा “किरात प्रदेश”  हुनु पर्दछ भनी समग्र नेपालको संविधानको कार्यन्यनमा समेत ठुलो टेवा पुग्ने गरी नेपाल सरकारलाई भरपुर सहयोग गर्ने निर्णय गरी सकेको छ। नया संरचना अनुसार ७ प्रदेश र स्थानीय ७५३ तह पुनसंरचना तयार गरेका छन् ।

नेपालका राजनीतिक ईतिहासमा लखन थापा, सुदेव गुरुङ, जिवी याक्थुम्बा, नारदमणी थुलुङ र राम प्रसाद राई जस्ता योद्धाहरुलाई राज्यले विर्सेका होलान । २०५२-२०६२ लामो १० बर्षे जनान्दोलनमा पनी जनजातिहरुले बलिदान दिएका छन् यस्ता महत्वपुर्ण निर्णायक लडाईहरुमा आदिवासीहरु धेरै सहादत भएका छन । पश्चिम रोल्पामा मगरबस्ति खाली भयो, धनकुटा छिन्ताङमा राई बस्ति शोकमग्न भयो, झापामा जनजाती बस्ती उजाड भए ।

त्यसैले पनी हामी प्रदेश नं.१ को नामाकरणमा ईतिहास र सभ्यताको आधारमा नामाकरण हुनु पर्दछ भन्दा अहिले संविधानले दिएको अक्षरंश अनुसार प्रदेशको नामाकरण गर भन्दा जातिय हुने ? जनजातीको पसिना, वलिदान र रगत ल्याएको परिवर्तनमा प्रदेशको नामाकरण बहुआयामीक नामाकरण राखिनु पर्दछ भन्दा जातिय हुने ? एकल धर्म, संस्कृति र संप्रदायको हरेक शक्तिकेन्द्रमा राज्य संचालन गर्दछ भने त्यस्तालाई जातिय राज्य भनिन्छ। सिहदरवारमा एउटै रंगका बाहुल्यता हुन्छ भने त्यो संरचना ध्वस्त हुनु पर्दछ यो हाम्रो पनी चाहाना हो साथै जोडदार माग पनी हो।

बरिष्ट लेखक तथा विचारक खगेन्द्र संगौलाले भन्नु भएको छ “न बुद्धिकाे सीप छ न हातकाे सीप ? न इलम छ न सिर्जनशीलता ? न इमान छ न शरम ? देखिन, चिनिन, दम्भ प्रदर्शन गर्न र दाैलत थुपार्न सत्ताकाे पदै चाहिने ?? कनिष्ट जितुवाकाे पद हरण गरी बलिष्ट ठालु सत्ताराेहण गर्ने ? राजनीति र राजनीतिकाे नाइके भ्रष्ट हुनाकाे एक गाँठ्ठी कारण, बाहुबली निर्लज्ज” उदाहण दिदै नेताहरु जनमतको खिल्ली उड़ाई रहन्छन् यसरी अमुल्य मतको अपमान जब सम्म हुन्छ तब सम्म नेपाल र नेपालीको भलो हुने छैन।

यस अर्थमा स्थानीय तहबाटै संविधानको भावना र मर्मलाई आत्मसात गर्नु पर्दछ यो प्रत्येक नेपाली जनताको चाहाना अनुरुपको समृद्धि नेपाल र संविधान कार्यन्यन स्थायित्व हुन्छ। मुलुकलाई समृद्धि बनाउन संबिधानले नेपाल राष्टको परिभाषित गरि सकेका महत्वपुर्ण भावना र मर्मलाई संस्थागत गर्दै हरेक प्रदेशको नामकरण गर्दा स्थानीय निकायको बहुपहिचान, बहुजातीय, बहुभाषिक विभितता टलक्क टलकाउदै नया नेपाल निर्माण गरिनु पर्दछ।

केपीलासगढी -७ सुङदेल
खोटाङ – दिक्तेल, सगरमाथा
          प्रदेश नं.- १

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...