News Portal

नेपाल कुवेत सरोकार समाजकाे चौथो दशै धमाका भब्यरुपमा सम्पन्

हिमालीसंचार संवाददाता
४०१ पटक

कुबेत – नेपालीहरुको महान चाड विजया दशमीको पावन अबसरमा नेपाल कुबेत सरोकार समाज कुवेतद्वारा आयोजित वडा दशैँ तथा साँस्कृतिक कार्यक्रम हिजो सेप्टेम्बर ३० तारिख शुक्रबारको दिन कुबेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा अतिथि कलाकारहरु प्रमोद खरेल र मेचु धिमालको साथमा सम्पन्न भयाे।

दर्शकको बाक्लो उपस्थीतीमा सम्पन्न भएको कार्यक्रमा प्रेम तामाङको सभापति तथा नेपाली दूतावास कुवेतका राजदूत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो।भने बिशेष अतिथिमा एनआरएनए एनसीसी कुवेतका अध्यक्ष रनध्वज लामा, बीईसी एक्स्चेन्ज प्रतिनिधि, डम्मर गुरुङ जजीरा एयरलाइन्स नेपाल पत्रकार माहासंघ शाखा कुवेतका उपाध्यक्ष राज मल्ल जनजाति माहासंघका अध्यक्ष अमृत तामाङ लगाएत कुबेतमा कृयाशिल नेपाली संघ सस्थाको प्रमुख तथा प्रतिनिधिहरु र पत्रकारहरु अतिथीको रुपमा उपस्थिती थिए।

कार्यक्रम संयुक्त रुपमा दीप प्रज्वलन गरी नेपालको राष्ट्रिय गानबाट शुरु गरिएको कार्यक्रमा प्रमुख अतिथि-दुर्गा प्रसाद भण्डारी,एनआरएनए कुवेतका अध्यक्ष रनध्वज लामा बीईसी एक्स्चेन्ज प्रतिनिधि जजीरा एयरलाइन्स प्रतिनिधि,जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तमाङ नेपाल पत्रकार महासंघ कुवेतका उपाध्यक्ष राज मल्लले नेपाल कुबेत सरोकार समाजले गरेका सामाजिक कार्यहरुको प्रसंशा गर्दै बडा दशै तथा तिहार २०७९ को शुभकामना दिएका थिए।

कार्यक्रम संचालन सुरेश ग्याबा तामाङले संचालन गरेका थिए भने सुरेश ग्याबा कार्यक्रम संचालनकाे लागि प्रसाद तिमल्सिनाले साथ दिएका थिए। नेपाल कुवेत सरोकार समाजकाे सचिब कार्यक्रम संयोजक दामोदर बटालाले स्वागत मन्तव्यद्वारा उपस्थित सबैलाई स्वागत गरेका थिए।


तोकिएको समय भन्दा ढिला नै कार्यक्रम शुरु भएको कार्यक्रममा अतिथि कलाकारहरुलाई पञ्चेबाजा बजाउदै हलमा स्वागत गरेका थिए। नेपालबाट आमन्त्रित ख्यातिप्राप्त कलाकार भ्वाईस अफ नेपालको कोच प्रमोद खरेल र द भ्वाइस अफ नेपालकी प्रतिस्पर्धी मेचु धिमाल आफ्नो चर्चित गीतहरुले दर्शक नचाएकी थिइन्। भ्वाईस अफ नेपालको कोच चर्चित गायक प्रमोद खरेल देश तथा बिदेशमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त गायक खरेलको क्रेज दर्शकको साथ शुरुदेखी अन्त्यसम्म दर्शकबाट साथ पाए।मुख्य प्रायोजक बीईसी एक्सचेंज कुवेत र सिटी एक्सप्रेस मनी ट्रान्सफर थियो भने   जजिरा  एयरलाइन्स सह प्रायोजक  थियाे।

नेपालबाट पल्नु भएको अतिथी कलाकार प्रमोद खरेल र मेचु धिमाललाई मायाको चिनो सहित  विशेष सम्मान गरिएको थियो।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...