News Portal

  • जातीयताको भूमरीमा नुवाकोट कांग्रेस

    हिमालीसंचार संवाददाता
    ४९१ पटक

    कर्ण बहादुर अधिकारी नुवाकोट – २०७९ साल मंसिर ४ मा हुन लागेको संघको र प्रदेशको चुनावको लागि नेपालका राजनितिक दलहरूले कस कसलाई उमेदवार उठाउने भन्ने बिषयमा छलफलमा जुट्नुको साथै क्याण्डिनेटहरूको नामावली समेत सिफारीस गरी रहेका छन्।

    ७७ वटै जिल्ला चुनावी माहौलमा होमिनै लाग्दा नुवाकोटको बर्तमान राजनिति अबस्था,राजनितिक दलहरूको पकट साथै नुवाकोटका ३ जना बर्तमान सांसदहरूले जिल्लाको बिकासमा के कस्तो भूमिका खेले भन्ने बिषयमा चर्चा गर्ने जमर्को गरेको छु।सर्ब प्रथम नुवाकोट कांग्रेस भित्र जातीयताको गन्ध ।नुवाकोट कुनै समय पुरै कांग्रेसमयी थियो सम्भबत बद्रिराम भण्डारी पछि नुवाकोटलाई कांग्रेसको गढ बनाउनका लागि डा. राम शरण महत, अर्जुन नरसिंह केसीले जुन योग्दान दिनु भयो आज त्यो हामीले कुनै पनि हालतमा भूल्नु हुँदैन।

    यी दुई हस्ति पछि अरूले पनि योग्दान पुराउदै आउनु भएको कुरा सर्बबित हुँदै आए पनि बेला बेलामा केहि गडबडी छ की भन्ने आभाष हुन्छ कारण कहिले जातीयताको नाममा राजनिति त कहिले ब्यक्तिबादी सोचका कारण आखिर खैर जे जस्तो भए पनि आजको यो दिनमा चाँहि नुवाकोट कांग्रेस जातीयताको भूमरीमा रूमलिएको हो की भन्ने आभाष हुन्छ ।कांग्रेस भित्र बसेर राजनिति गर्ने तर राजनितिमा पुरा जातीयका कुरा ल्याएर कांग्रेसीमा फाटो ल्याउने साथै जातीयताको नारा दिदै एमाले माओबादी साथै अन्य राजनिति दलमा आबद्ध रहनु भएका तामाङ समुदायका दाजु भाई दिदी बहिनीहरूलाई एकजुट गराएर कांग्रेसी कै खुट्टा तान्ने प्रबृतिमा खप्पिस रहेका नेपाल सरकारका सचिव स्थायी घर थप्रेक भएका रूद्र सिंह तामाङ र कांग्रेसका सन्तमान तामाङ कै कारण नुवाकोट कांग्रेस समेत जातीयता भूमरीमा रूमलिएको प्रष्ट देखिन्छ ।

    कांग्रेस लोकतन्त्रमा बिश्वास राख्ने पार्टी हुनाले यस्ता मनोबृति बोकेका ब्यक्तिहरूलाई पार्टीले बेलैमा चिन्न र चिनाउन जरूरी छ । जसको निति छैन , जसको निष्ठा छैन् आज त्यस्ता ब्यक्तिहरू पार्टी भित्र हाबी हुँदै गई रहेको छ । यसरी हाबी हुँदै जाने हो भने कांग्रेसलाई भबिष्य अन्धकार नै हुने छ। कांग्रेसको निति सिद्धान्त र भाबी रणनिति के हो भन्ने बिषयमा १० मिनेट ब्रिफिङ गर्न नसक्नेहरू आज सांसद बनेका छन्।

    अझै आफैलाई महान ठान्छन् । पार्टी भित्र कसको योग्दान कति छ भन्ने बिषयमा समिक्षा हुने की नहुने । क्षमता बिहिनहरूलाई अगाडी सारेको छ मनमा जे लाग्यो त्यहि गरेको छ यसरी नी चल्छ कांग्रेस ? कांग्रेसी हुँ भनेर गर्व गर्ने ठाउँ सृजित गर्नु होस हैन भने जातीयताको कुरो उठान गरेर कांग्रेस सिध्याउने रणनितिमा नलाग्नु होस।अब कुरो गरौ नुवाकोटका ३ सांसदका बिषयमा नं १ हित बहादुर तामाङ नेकपा माओबादीबाट २०७४ सालको चुनावमा बिजयी भएका सांसद हुन हित बहादुर तामाङ आज उहाँको ५ बर्षे कार्यकालमा हित बहादुरले संघबाट काँहा काँहा बजेट पारे कहाँ कहाँ बिकास गरे भन्ने बिषयमा केहि जानकारी पाउन सकिएन।

    बिगतमा डा. महतकै पालामा निर्माणाधीन अबस्थामा रहेका बिकास निर्माणका कार्यहरूलाई समेत समयमै पुरा हुनबाट बन्चित गरे । यी हित बहादुरले आफ्नै सरकार बन्दा पनि नुवाकोटका जनताको दुख पीडामा मलम लगाउने काम कहिले गरेनन्।अब कुरा गरौ २ का सांसद नारायण खतिवडाको बिषयमा यिनी २०७४ सालको चुनावमा एमाले माओबादी गठबन्धनबाट बिजयी हुने सांसद हुन। यिनले अहिले सम्म नुवाकोटको बिकासका लागि गर्यो चाँहि के ? संसदको रोष्टममा यिनले केहि कुरो राखे त ? मैले त सुनिन अनि तपाईले नी ? यिनका क्षेत्रका जनताले के पाए यिनलाई जिताएर ? नं ३ मा अब कुरा गरौ नेपाली कांग्रेसका सांसद बहादुर सिंह लामाको बिषयमा बहादुर सिंह लामा नेपालको राजनितिमा ब्यापार ब्यबसायबाट प्रवेश गरेका नेता हुन्।

    यिनी २०७४ सालको चुनावमा समानुपातिकबाट बनेका सांसद हुन् । यिनी सांसद बने पछि यिनको भूमिका खै त ? संसद भवन भित्र यिनले नुवाकोटका जनताको बिषयमा बोल्यो चाँहि के ? मैले सुनेको र हेरेको चाहि यो ककनीको बाटोको लागि बोलेको मात्रै हो तर बिकास भने जिरो । यिनले नुवाकोटका जनताले अझै भनौ कृषकहरूले मल बिजन नपाउदा कुनै कुरा उठान गरेको देखिएन । खै त जनताको साथमा यिनीहरू ? जनताको प्रतिनिधि भनेको के हो ? जनता नै जनार्दन हुन भन्ने किन बुझ्दैन यिनीहरू।

    राष्ट्रिय मिडियामा बोल्न नरूचाउने लामालाई ससद भवन भित्र बोलीएको पनि कमै पाईयो । नेता त्यो हो जसले दुखमा परेको जनताको भावनालाई महसुस गर्न सक्छ। समानुपातिक सांसद भए पनि यिनको भूमिका गहन छ भन्ने बुझ्नु पर्ने होईन र ! संसद बाहिर रहेर पनि राम शरण महत , अर्जुन नरसिंह केसी र जगदिश्वर नरसिंह केसीले राष्ट्रिय मिडिया देखि सामाजिक संजालहरूमा नुवाकोटका जनताको सुख दुखमा आवाज उठाउनुका साथै नुवाकोटे जनतासंग सहकार्य गरी रहेका छन् ।

    नेपालको राजनिति ईतिहासको अझै बिशेषत : नेपाली कांग्रेसको ईतिहास बोकेका गर्भिलो नेता जसले बिगत देखि बर्तमान सम्म कांग्रेसीहरूको माझ लोक प्रियता कायम राख्दै आउनु भएका कंग्रेस नेता अर्जुन नरसिंह केसीसंग आज नेपालको राजनिति माहौल , गठबन्धनको औचित्य,संघ र प्रदेशका उमेदवारको टिकटको लागि परेको र पारीएको सिफारीस एवं केपी ओलीको पालामा भएका ठूला ठूला भ्रष्ट्राचारको बिषयमा अहिले देउवा सरकार मौन बसेको र उहाँले लिखित रूपमै भ्रष्ट्राचारको बिषयमा फेहरीस्त तयार पारी बुझाएको र पार्टी सभापतिले मनोमानी ढंगले भातृसंस्थाको पदाधिकारी न्युक्ति गरेको बिषयमा छलफल गर्ने अबसर मिल्यो ।

    निकै नै सालीन भद्र एवं हक्की स्वभावका नेता केसी अहिले नुवाकोटको जनताको साझा उमेदवार हुनु पर्छ भन्ने नुवाकोटे जनताको माग हो ।तर दुर्भाग्य नुवाकोटबाट उहाँलाई प्रत्येक्षमा नभई समानुपातिकमा सिफारीस गरेका छन् । खैर जस जसले एकलौटी ढंगबाट नाम सिफारीस गरे पनि टिकट पाउने केसीले नै हो । देशकै प्रधानमन्त्री हुने हैसियत भएका अर्जुन नरसिंह केसीले जितेर जादा मान्त्री त पक्कै पाउने छन् । बिगतलाई स्मरण गर्ने हो भने जगदिश्वर नरसिंह जिल्ला सभापति हुँदा उहाँले आफ्नो क्षेत्र जिताउन सफल हुनु भयो ।

    जुन बेला बहादुर सिंह लामाको नाम सिफारिस गरी रहदा लामाको गाबिस अध्यक्षको मात्र हैसियत थियो तर सदासयताका साथ जिल्ला सभापतिले नाम सिफारिस गरेका हो भन्ने लाग्छ । सिफारीस त रौतहटले पनि २ बाट आलमलाई सिफारीस गरेको छ सिफारीसकै आधारमा आलमले टिकट पाउछ त ? त्यो सम्भावना न्युन छ ।त्यसैले जिल्लाले कस्तो ब्यक्तिलाई संघ र प्रदेशको उमेदवारका लागि सिफारीस गर्ने भन्ने बिषयमा छलफलमा नजुटी हचुवाको भरमा नामावली पठाउने।

    यसरी क्षमता बिहिनहरूलाई अगाडी सार्दा राम्रो होला त ? ५ बर्षको बच्चालाई १० पाथीको भारी बोकायर बोक्न सक्छ त? यी अहिले सफारीसमा परेका केहि बाहेक प्राय सबै गाउँपालिकामा समेत चुनाव लड्यो भने पनि जीत हासिल गर्न नसक्नेहरू छन् । यी प्रदेशमा सिफारीस परेकाहरूले पछि वडा अध्यक्षमा समेत दाबी गर्न पछि पर्दैनन् । त्यसैले बौद्धिक , क्षमतावान र जनताको सुख दुखमा साथ दिनेलाई यसपाली संघ र प्रदेशको उमेदवार बनाऔं। जातीयताको कुरा ल्याएर कांग्रेस भाड्नेहरूलाई बेलैमा चिनौ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको...

    सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको कमजोर सुरक्षा व्यवस्थाका कारण कुखुरा व्यवसाय पलायनको अवस्थामा

    रविन्द्र बराल/मोरङ, असार २० – मोरङको सीमावर्ती क्षेत्र चौप्राहा, धनपट्टी, आमगाछी, सिक्टी, बलडंगा, सोनापुर, मायागञ्ज,...