News Portal

वामदेव गौतम र बावुराम भट्टराई माओवादीको चिन्हबाट चुनाव लड्दै

हिमालीसंचार संवाददाता
३९४ पटक

साउन ३१, २०७९ मंगलबार
काठमाडौं। कम्युनिष्ट शक्तिहरुको एकीकरण गराउने भन्दै हिँडेका नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम आसन्न निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचन लडने भएका छन्।

नेकपा माओवादी केन्द्रको मंगलबार बसेको स्थायी कमिटी बैठकले गौतमलाई आफ्नो चुनाव चिन्हबाट लड्ने अनुमति दिएको हो। माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले गौतमलाई माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचन लड्न दिने निर्णय भएको बताए।

प्रवक्ता महराले भने, ‘वामदेव गौतम र बावुराम भट्टराईलाई माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचन लड्न दिने पार्टीले निर्णय गरको छ।’

गौतम प्युठान वा बर्दिया कहाँबाट लडने भन्ने बारेमा टुंगोमा पुगिसकेका छैनन्। गौतमको आग्रह बमोजम माओवादी केन्द्रले उनलाई आफ्नो चुनाव चिन्हमा निर्वाचन लड्न दिन निर्णय गरेको हो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र गौतमको व्यक्तिगत सम्बन्ध समेत बलियो छ। सरकारले मंसिर ४ का लागि प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचन तोकेको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...