News Portal

वामदेव गौतम र बावुराम भट्टराई माओवादीको चिन्हबाट चुनाव लड्दै

हिमालीसंचार संवाददाता
३१७ पटक

साउन ३१, २०७९ मंगलबार
काठमाडौं। कम्युनिष्ट शक्तिहरुको एकीकरण गराउने भन्दै हिँडेका नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम आसन्न निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचन लडने भएका छन्।

नेकपा माओवादी केन्द्रको मंगलबार बसेको स्थायी कमिटी बैठकले गौतमलाई आफ्नो चुनाव चिन्हबाट लड्ने अनुमति दिएको हो। माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले गौतमलाई माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचन लड्न दिने निर्णय भएको बताए।

प्रवक्ता महराले भने, ‘वामदेव गौतम र बावुराम भट्टराईलाई माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचन लड्न दिने पार्टीले निर्णय गरको छ।’

गौतम प्युठान वा बर्दिया कहाँबाट लडने भन्ने बारेमा टुंगोमा पुगिसकेका छैनन्। गौतमको आग्रह बमोजम माओवादी केन्द्रले उनलाई आफ्नो चुनाव चिन्हमा निर्वाचन लड्न दिन निर्णय गरेको हो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र गौतमको व्यक्तिगत सम्बन्ध समेत बलियो छ। सरकारले मंसिर ४ का लागि प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचन तोकेको छ।

प्रतिकृया दिनुहोस्

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...