News Portal

बुटवलमा होटलभित्र धादिङका पुरुष र दाङकी महिला मृत भेटिए

हिमालीसंचार संवाददाता
७५९ पटक

साउन ३१, २०७९ मंगलबार
सुदीप भण्डारी, काठमाडौँ। बुटवलको एक होटलमा महिला र पुरुष मृत फेला परेका छन् मुख्य बजारबाट तिनाउ पारी फूलबारीचोकमा रहेको कारीकोट होटलको कोठामा दुई जना मृत फेला परेका हुन्।

होटलको कोठा नम्बर १३४ मा धादिङको कुम्पुर घर भएका अन्दाजी ३५/३६ वर्षका सीताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा बुढाथोकी मृत फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए।

युवती पलगमा उत्तानो परेको अवस्थामा र पुरुष झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्। कोठाको तन्ना र टाबेलमा रगत पोतिएको प्रहरीले बताएको छ।

महिलाको हत्या गरेर पुरुषले आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। आइतबार राती होटलमा बस्न आएका उनीहरू सोमबार बिहान मृत फेला परेका हुन्। आज पहिचान खुलेको हो।

शव पोस्टमार्टका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ। आफन्त आएपछि आज शव बुझाइने प्रहरी निरिक्षक घिमिरेले बताए।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...