News Portal

बुटवलमा होटलभित्र धादिङका पुरुष र दाङकी महिला मृत भेटिए

हिमालीसंचार संवाददाता
९०५ पटक

साउन ३१, २०७९ मंगलबार
सुदीप भण्डारी, काठमाडौँ। बुटवलको एक होटलमा महिला र पुरुष मृत फेला परेका छन् मुख्य बजारबाट तिनाउ पारी फूलबारीचोकमा रहेको कारीकोट होटलको कोठामा दुई जना मृत फेला परेका हुन्।

होटलको कोठा नम्बर १३४ मा धादिङको कुम्पुर घर भएका अन्दाजी ३५/३६ वर्षका सीताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा बुढाथोकी मृत फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए।

युवती पलगमा उत्तानो परेको अवस्थामा र पुरुष झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्। कोठाको तन्ना र टाबेलमा रगत पोतिएको प्रहरीले बताएको छ।

महिलाको हत्या गरेर पुरुषले आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। आइतबार राती होटलमा बस्न आएका उनीहरू सोमबार बिहान मृत फेला परेका हुन्। आज पहिचान खुलेको हो।

शव पोस्टमार्टका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ। आफन्त आएपछि आज शव बुझाइने प्रहरी निरिक्षक घिमिरेले बताए।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...