News Portal

खोटाङको ऐसेलुखर्क गाउँपालिकाले पुन: “गाउँ प्रहरी” छनोट गर्यो

हिमालीसंचार संवाददाता
४११ पटक

खोटाङ – खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले गाउँ प्रहरी राख्ने निर्णय गरेका छन् । गाउँपालिकाले आह्वान गरेको गाउँ प्रहरीका लागि ३६ जनाको आवेदन परेको मध्ये ३ जना पुन: छनौट गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाको कर्मचारी पदपूर्ति समितिको सोमबार बसेको निर्णय अनुसार ३६ जना मध्येबाट मिलन राय, साजन राई र नहेमियाँ राई छनौट भएका छन्।सिफारिसमा परेका उम्मेद्वारलाई ७ दिनभित्र नियुक्तिको लागि गाउँ कार्यपालिकाको कार्यालयमा सम्पर्क गर्न सूचना जारी गरिएको गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले हिमालीसंचारडकमसंग बताए। 

गाउँ कार्यपालिकाको गत ५ असारमा बसेको बैठकको निर्णय तथा गाउँपालिकाको गाउँ प्रहरी व्यवस्थापन कार्यविधि २०७५ अनुसार एक महिला र दुई पुरुष गाउँ प्रहरीको पदपूर्ति भर्नाका लागि ७ असारमा आवेदन आह्वान गरिएको थियो। गत २१ असारसम्म दरखास्त म्याद दिइएकोमा २९ पुरुष र ७ महिलाको आवेदन परेको थियो ।

ऐसेलुखर्क गाउँपालिकाले कार्यालय सहयोगी सरह सेवा सुविधा दिनेगरी १४ फागुन २०७६ मा खोटाङ जिल्लामै पहिलोपल्ट तीन जना गाउँ प्रहरी भर्ना गरेको हो । तर, कार्यसम्पादनमा चित्त नबुझेको भन्दै गाउँपालिकाले दुई गाउँ प्रहरीलाई सेवाबाट हटाएको थियो । अहिले गाउँपालिकामा एक जना मात्र गाउँ प्रहरी कार्यरत छन् । 

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...