News Portal

खोटाङको ऐसेलुखर्क गाउँपालिकाले पुन: “गाउँ प्रहरी” छनोट गर्यो

हिमालीसंचार संवाददाता
३४२ पटक

खोटाङ – खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले गाउँ प्रहरी राख्ने निर्णय गरेका छन् । गाउँपालिकाले आह्वान गरेको गाउँ प्रहरीका लागि ३६ जनाको आवेदन परेको मध्ये ३ जना पुन: छनौट गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाको कर्मचारी पदपूर्ति समितिको सोमबार बसेको निर्णय अनुसार ३६ जना मध्येबाट मिलन राय, साजन राई र नहेमियाँ राई छनौट भएका छन्।सिफारिसमा परेका उम्मेद्वारलाई ७ दिनभित्र नियुक्तिको लागि गाउँ कार्यपालिकाको कार्यालयमा सम्पर्क गर्न सूचना जारी गरिएको गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले हिमालीसंचारडकमसंग बताए। 

गाउँ कार्यपालिकाको गत ५ असारमा बसेको बैठकको निर्णय तथा गाउँपालिकाको गाउँ प्रहरी व्यवस्थापन कार्यविधि २०७५ अनुसार एक महिला र दुई पुरुष गाउँ प्रहरीको पदपूर्ति भर्नाका लागि ७ असारमा आवेदन आह्वान गरिएको थियो। गत २१ असारसम्म दरखास्त म्याद दिइएकोमा २९ पुरुष र ७ महिलाको आवेदन परेको थियो ।

ऐसेलुखर्क गाउँपालिकाले कार्यालय सहयोगी सरह सेवा सुविधा दिनेगरी १४ फागुन २०७६ मा खोटाङ जिल्लामै पहिलोपल्ट तीन जना गाउँ प्रहरी भर्ना गरेको हो । तर, कार्यसम्पादनमा चित्त नबुझेको भन्दै गाउँपालिकाले दुई गाउँ प्रहरीलाई सेवाबाट हटाएको थियो । अहिले गाउँपालिकामा एक जना मात्र गाउँ प्रहरी कार्यरत छन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...