News Portal

सडकको खाल्डा नपुरिँदा दैनिक दुर्घटना

हिमालीसंचार संवाददाता
४५८ पटक

मोरङ। पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारी बीचको सडक खण्डको खाल्डाखुल्डीका मर्मत नहुँदा दैनिक दुर्घटना बढ्दै गएको छ। मोरङको उर्लाबारी नगरपालिकामा रहेको पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारी बीचको सडक खण्ड ६/७ महिनादेखि पिच गरिएको ठाउँमा भएका खाल्डाखुल्डी नपुर्दा सवारी र यात्रुहरुले सास्ती व्यहोर्दै आउनुपरेको हो।

७ महिना अघिदेखि यस्तो समस्या हुँदासम्म सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयहरुको गुनासो छ। बाटोका खाल्डाखुल्डीका कारण यात्रुहरु दैनिक दुर्घटनामा पर्ने गरेका छन्।

उक्त खाल्डाखुल्डी दुर्घटनाबाट यातायातहरुमा ठूलो क्षति भएको स्थानीयहरु बताउँछन्। यही बाटो दैनिक हिँड्ने चालकहरु यस क्षेत्रमा डरमा सवारी गुडाउनुपरेको बताउँछन्। उनीहरुले विगत ५ महिना यता सडकको स्थिति दयनीय रहेको बताए।

उनीहरुले बाटो मर्मत हुननसक्दा कुनैपनि बेला दुर्घटना हुने बताए। स्थानीय सरकारले लापरबाही गरेर मर्मतसंहार नगर्दा हरेक दिनजसो दुर्घटना हुने गरेको बताए।

उनीहरुले सडक निर्माण गरेको ६ महिना नबित्दै खाल्डाखुल्डी हुने समस्या रहेको बताए। उक्त बाटो हुँदै दैनिक प्रदेश सरकारका संसद, मन्त्री र मुख्यमन्त्री हिँड्ने गरेपनि आवश्यक चासो नदिएको स्थानीयहरु बताउँछन्।

बाटो भत्किएकै क्षेत्र उर्लाबारी ३ मंगलबारेमा सडक विभागको कार्यालय छ। तर सडकको अवस्था न सांसदले देख्छन्. न त सडक विभागले नै हेर्छ। कार्यलय परिसरमा सडक आसपास राखिने ठूलठूला बोर्ड र कार्यलयको अवस्था भने झारैझारले भरिएको र माकुराको जालैजालोले भरिएको छ। कार्यालय नामको मात्रै रहेको स्थानीय बताउँछन्।

देशकै मुख्य बाटोको हालत यस्तो हुँदासम्म कुनै पक्षबाट चासो दिएको देखिँदैन। दैनिक हजारौंको संख्यामा गाडी गुड्ने बाटोको यो अवस्थाले स्थानीयहरु हरेक दिनजसो सडक दुर्घटनामा हुने गरेको बताउँछन्।

यही बाटो भएर धेरै यातायात जिल्लाको सदरमुकाम विराटनगर र देशको संघीय राजधानी काठमाडौ जाने गरेका छन्। यही बाटोमा ठाउँठाउँमा पटके कर र ट्राफिक चेकिङ हुन्छ। तर बाटोले भने मर्मतसम्म पाएको छैन। महिनौंदेखि साना सवारी फस्ने खाल्डाखुल्डी हुँदासम्म तीनै तहका सरकार मौन छन्।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...