News Portal

दोहोर्‍याएर नागरिकता दिन सिफारिस गर्ने रामेछापको उमाकुण्ड गाउँपालिकाका वडा सचिव पक्राउ

हिमालीसंचार संवाददाता
३३५ पटक

पुष्कर खड्का – रामेछापको उमाकुण्ड गाउपालिका प्रितिका वडा सचिवलाई प्रहरीले पक्राउ गरेको छ। २०७५ सालमै नेपाली नागरिकता बनाएकी उमाकुण्ड गाउँपालिका वडा नम्बर ४ की किशोरी निर्मला बस्नेतलाई पुन: नागरिकता लिन वडाबाट ‘डबल सिफारिस’ गरेको अभियोगमा उमाकुण्ड गाउँपालिका–४ प्रितीका वडा सचिव पदम कुमारी बस्नेतलाई जिल्ला प्रहरी कार्यालय रामेछापले बुधबार पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापले दिएको जानकारी अनुसार एउटै व्यक्तिलाई दोहोर्याएर अर्को नागरिकताको लागि पुन: सिफारिस गरेको अभियोगमा वडा सचिवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राजकुमार थिङले जानकारी दिनु भयो।

प्रमुख थिङको अनुसार पुनः नागरिकता लिने वस्नेतको प्रयासमाथि जिल्ला प्रशासन कार्यालय नागरिकता फाँटका कर्मचारीहरुले शंका लागेपछि दोहोर्याएर नागरिकता लिन लागेको घटना बाहिरिएको थियो। दोहोर्याएर नागरिकता लिने प्रयासमा रहेकी ती युवतीलाई जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरीले सोही दिन पक्राउ गरेको थियो।

पक्राउ परेकि किशोरीलाई आफूलाई नागरिकतामा भएको निर्मला नाम मन नपरेर सन्ध्या नाममा नागरिकता लिन खोजेको प्रहरीको बयानको क्रममा किशोरीले बताएकि छन्। वडा सचिवसँगै नागरिकता लिन खोज्ने वस्नेतको आमालाई समेत पक्राउ गरेर अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ।...

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...