News Portal

दोहोर्‍याएर नागरिकता दिन सिफारिस गर्ने रामेछापको उमाकुण्ड गाउँपालिकाका वडा सचिव पक्राउ

हिमालीसंचार संवाददाता
४२३ पटक

पुष्कर खड्का – रामेछापको उमाकुण्ड गाउपालिका प्रितिका वडा सचिवलाई प्रहरीले पक्राउ गरेको छ। २०७५ सालमै नेपाली नागरिकता बनाएकी उमाकुण्ड गाउँपालिका वडा नम्बर ४ की किशोरी निर्मला बस्नेतलाई पुन: नागरिकता लिन वडाबाट ‘डबल सिफारिस’ गरेको अभियोगमा उमाकुण्ड गाउँपालिका–४ प्रितीका वडा सचिव पदम कुमारी बस्नेतलाई जिल्ला प्रहरी कार्यालय रामेछापले बुधबार पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापले दिएको जानकारी अनुसार एउटै व्यक्तिलाई दोहोर्याएर अर्को नागरिकताको लागि पुन: सिफारिस गरेको अभियोगमा वडा सचिवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राजकुमार थिङले जानकारी दिनु भयो।

प्रमुख थिङको अनुसार पुनः नागरिकता लिने वस्नेतको प्रयासमाथि जिल्ला प्रशासन कार्यालय नागरिकता फाँटका कर्मचारीहरुले शंका लागेपछि दोहोर्याएर नागरिकता लिन लागेको घटना बाहिरिएको थियो। दोहोर्याएर नागरिकता लिने प्रयासमा रहेकी ती युवतीलाई जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरीले सोही दिन पक्राउ गरेको थियो।

पक्राउ परेकि किशोरीलाई आफूलाई नागरिकतामा भएको निर्मला नाम मन नपरेर सन्ध्या नाममा नागरिकता लिन खोजेको प्रहरीको बयानको क्रममा किशोरीले बताएकि छन्। वडा सचिवसँगै नागरिकता लिन खोज्ने वस्नेतको आमालाई समेत पक्राउ गरेर अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...