News Portal

जबरजस्ती करणी गरेको अभियोगमा ५३ वर्षीय लामा पक्राउ 

हिमालीसंचार संवाददाता
५५८ पटक

धादिङ – जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। खनियाबास गाऊँपालिका वडा नम्बर ३ ( बिर्चेत मोङपथे ) बस्ने ५३ वर्षीय मोईजलम भन्ने मोईजा लामा तामाङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दियाे।

मानसिक रूपमा कमजोर बर्षौ देखी टाउकोको औषधि सेवन गर्नु पर्ने बाध्यता भएकाे महिला आफ्नै गोठमा भैसिलाई घास हालीरहेको अवस्थामा मौका छोपी अचानक जबस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि इलाका धादिङले अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धान गर्यो।

प्रहरीकाे अनुसार जबरजस्ती करणीमा संग्लन व्यक्तिलाई घटनास्थलको अनुसन्धानपछि खोजतलास गर्ने क्रममा काठमाडौंकाे बालाजुमा लुकेर बसेको अवस्थामा पक्राउ गरेकोछ। जबरजस्ती करणीमा संग्लन व्यक्तिलाई आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले बताए।

निज तामाङ नेपाली कांग्रेसमा वार्ड सभापति समेत रहेको र उनको यस्तो खालको हर्कतले स्थानियहरुको चकित छन्। तामाङलाई प्रहरीले समातेपछि पिडितले न्याय पाउने महसुस गरेको स्थानियहरु बताउछन।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...