News Portal

जबरजस्ती करणी गरेको अभियोगमा ५३ वर्षीय लामा पक्राउ 

हिमालीसंचार संवाददाता
७१६ पटक

धादिङ – जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। खनियाबास गाऊँपालिका वडा नम्बर ३ ( बिर्चेत मोङपथे ) बस्ने ५३ वर्षीय मोईजलम भन्ने मोईजा लामा तामाङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दियाे।

मानसिक रूपमा कमजोर बर्षौ देखी टाउकोको औषधि सेवन गर्नु पर्ने बाध्यता भएकाे महिला आफ्नै गोठमा भैसिलाई घास हालीरहेको अवस्थामा मौका छोपी अचानक जबस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि इलाका धादिङले अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धान गर्यो।

प्रहरीकाे अनुसार जबरजस्ती करणीमा संग्लन व्यक्तिलाई घटनास्थलको अनुसन्धानपछि खोजतलास गर्ने क्रममा काठमाडौंकाे बालाजुमा लुकेर बसेको अवस्थामा पक्राउ गरेकोछ। जबरजस्ती करणीमा संग्लन व्यक्तिलाई आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले बताए।

निज तामाङ नेपाली कांग्रेसमा वार्ड सभापति समेत रहेको र उनको यस्तो खालको हर्कतले स्थानियहरुको चकित छन्। तामाङलाई प्रहरीले समातेपछि पिडितले न्याय पाउने महसुस गरेको स्थानियहरु बताउछन।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...