News Portal

संसद किराती धरानमा श्रमदान गर्न आईपुगे, मेयर राईले दिए अध्यक्ष प्रचण्डलाई निम्तो

सांसद सुदन किरातीले भने- हामी बिग्रियौँ!

हिमालीसंचार संवाददाता
५११ पटक

धरान – नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा भोजपुर जिल्लाका संघीय सांसद सुदन किरातीले धरान उपमहानगरपालिका धरानका मेयर हर्कराज राई (साम्पाङ)ले सुरु गरेको श्रमदान अभियानमा ऐक्यबद्धता जनाएका छन्। सांसद किरातीले आज शनिबार धरानको सरदु जलाधारक्षेत्रमा भएको वृक्षारोपण कार्यक्रममा आफ्नो सहभागिता जनाएका हुन्।

आज शनिबार विहानै जलाधार क्षेत्रमा पुगेर संसद किरातीले वृक्षारोपण गर्दै ‘हर्क साम्पाङको नेतृत्वमा धरान उपमहानगरपालिका धरानले देखाएको श्रमदान अभियानमा ऐक्यबद्धता र महान धरानवासी जनसमुदायलाई विशेष धन्यवाद समेत दिएका छन् । 

संसद किरातीले ‘जनतासँग सांसद’ कार्यक्रमअन्तर्गत हरेक महिना गृहजिल्ला भोजपुरमा नागरिकसँग संवाद गर्दै आएका किरातीले खेत–बारीमा जनतासंग देखिने गरेका संसद किराती आज धरानका मेयर हर्क राज राई (साम्पाङ) ले संचालन गरेका जनश्रमदानमा आफ्नो भौतिक सहभागिता जनाएका हुन्। संसद किरातीले राजनीतिमा श्रम संस्कृतिलाई स्थापित गर्न सबैले धरानबाट सिक्न आग्रह समेत गरे। 

‘आज विश्व मानव समुदायमा गम्भीर खाद्य संकट देखा पर्दैछ। उत्पादनमार्फत आत्मनिर्भर बन्न सकेनौं भने आजको विश्वमा बाँच्न गाह्रो हुनेछ।’ आयातमा निर्भर हुनुपर्दा र उत्पादनमा जोड नदिँदा समुदायसमक्ष संकट देखा पर्दै गएको समेत किरातीले बताए। ‘एकथरि मान्छेहरुले भन्ने गर्थे कि जनताहरु बिग्रिएर उपभोक्ता समितिमार्फत भ्रष्टाचार गर्छन्। तर, धरानका महान नागरिकहरुले पुष्टि गरे कि नागरिक होइन, हामी राजनीतिक कार्यकर्ताचाहिँ बिग्रिएका हौं।’ उनको भनाई थियो। 

संसद किरातीले मेयर राईलाई श्रमदान अभियानलाई निरन्तरता दिन राज्यको रुपान्तरण हुन नसकेको संयन्त्रबाट जोगिन। त्यस्तै, हरेक वडाको फरक जोन बनाइ उत्कृष्ट बगैंचा निर्माण गर्नेलाई पुरस्कृत गर्न किरातीले मेयर राईलाई सुझाव समेत दिएका छन्। 

धरानका मेयर हर्कराज राई (साम्पाङ)ले आफ्नो अभियानमा सहभागिता जनाउन आइपुगेका संसद किरातीलाई धन्यबाद ज्ञापन व्यक्त गर्दै धरानको मोटो छुन आउनु भएकोमा माननीय ज्युलाई धन्यबाद। पूर्व प्रधानमन्त्री एव् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समेत आफ्नो अभियानमा सरिक हुन निम्तो पठाएका छन्। ‘सांसदज्यू त आइदिनुभयो। अब अध्यक्ष प्रचण्डलाई पनि निम्तो भनिदिनुपर्‍यो।’ 

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...