एजेन्सी। इजरायली सेनाको आक्रमणमा परी एक बालिकासहित ८ प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ। मारिनेमध्ये प्यालेस्टाइन इस्लामिक जिहाद (पीआईजे)का एक कमान्डर पनि भएको बताइएको छ।
गाजास्थित पीआईजेले इजरायलमा बम विस्फोटको धम्की दिएपछि सो हवाई गरिएको इजरायलले जनाएको छ। गाजाको स्वास्थ्य अधिकारीहरुले ५ वर्षीया बालिका र पीआईजेका कमान्डर तयसिर जबरीको मृत्यु भएको बताएका छन्।
पछिल्लो समय पीआईजेले आक्रमण गर्न लागेको भन्दै इजरायलले सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्दै लगेको छ।