News Portal

दक्षिण कोरियामा सवारी दुर्घटनामा सुर्खेतका जीवन मगरको मृत्‍यु

हिमालीसंचार संवाददाता
४९२ पटक

सोल। दक्षिण कोरियामा कार्यरत एक नेपालीको मंगलबार सवारी दुर्घटनामा परी ज्यान गएको छ। कोरियाको ख्यङ्गीदो प्रान्तस्थित पोछनमा भएको दुर्घटनामा सुर्खेतका जीवन मगरको ज्यान गएको कोरियाका नेपाली दोभाषे सहयोगी मुक्त गुरुङले जानकारी दिएको अनलाइनखबरले जनाएको छ।

मगर ईपीएस भाषा परीक्षा उत्तीर्ण गरी ३ वर्षअघि कोरिया आएका थिए। गर्मी विदामा साथीहरुसँग घुमेर मंगलबार साँझ आफ्नो कोठामा फर्किएका मगर खानेकुरा किन्न भन्दै बाहिर निस्किएको र बाटो काट्ने क्रममा सवारीले ठक्कर दिएको उनका सहकर्मीलाई उद्धृत गर्दै गुरुङले जानकारी दिए।

साँझ निस्किएका मगर बिहानसम्म पनि नफर्किएपछि उनका सहकर्मीहरु खोज्न जाँदा साईकल र चप्पल भेटिएपछि प्रहरीसँग सोधपुछ गर्दा घटनाका विषयमा जानकारी पाएको उनीहरुले बताए।

घटनाका विषयमा दूतावासलाई जानकारी गराइसकिएको र शव पोछनस्थित स्थानीय अस्पतालमा राखिएको गुरुङले बताए।

कोरियामा ईलेक्ट्रिक स्कुटर चलाउनसमेत लाइसेन्स आवश्यक पर्ने भन्दै गुरुङले साइकलदेखि मोटरसाईकल चलाउँदा अति नै संवेदनशील हुन आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...