आज : २०२६-०६-१६, मङ्गलबार

मोरङको रंगेली पञ्चेश्वर महादेव र वीर भद्रेश्वर महादेव मन्दिरमा श्रद्धालु भक्तजनहरुको घुइचो

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाको मुख्य चोकमा रहेको पञ्चेश्वर महादेव मन्दिर र वीर भद्रेश्वर महादेव मन्दिरमा साउनको दोस्रो सोमबार पुजापाठ गर्ने भक्तजनहरुको घुइँचो लागेको छ ।

गोविन्दपुर झपड्तल स्थित नुना बक्राहा खोलाबाट ल्याएको पवित्र जल लिएर १०  किलोमिटर टाढाबाट श्रदालु भक्तजनहरुले जल उठाएर पैदल यात्रा गरी रंगेली स्थित शिवालयमा सोमबार जलार्पण गर्ने गरिन्छ। श्रावण महिनाको तेस्रो सोमबार भक्तजनहरुलाई नुना बक्राहाबाट जल ल्याउन गाडीको व्यवस्था  गरिने र ७२ घण्टे भजन कृतन समेत गरिने श्रावण महोत्सव आयोजक समिति अध्यक्ष अनिल महेश्वरीले हिमालीसंचारडटकमसंग बताए ।