News Portal

  • नेपाल आयल निगममा सर्वसाधारणले शेयर हाल्न पाउने

    हिमाली संचार संवाददाता
    ४२२ पटक

    रविन्द्र घिमिरे/काठमाडौं । नेपाल आयल निगमले बोनस शेयरमार्फत आफ्नो चुक्ता पुँजीमा ब्यापक वृद्धि गर्ने निर्णय गरेको छ । यो सँगै निगमलाई साधारण शेयर जारी गर्ने बाटो पनि खुलेको छ ।

    शुक्रबार भएको निगमको साधारणसभाले दुई वर्षको सञ्चित मुनाफालाई शेयरधनीको लागि बोनसको रुपमा वितरण गर्दै चुक्तापुँजीमा रुपान्तरण गर्ने प्रस्ताव पारित गरेको छ । आर्थिक वर्ष २०७२/७३२०७३/७४ को सञ्चित मुनाफालाई चुक्तापुँजीमा परिवर्तन गरिएको हो ।

    यो सँगै निगममा २९ करोड लगानी गरेको सरकारको शेयर हिस्सा १० अर्ब ९४ करोड बराबर पुगेको छ । शेयर होल्डरहरुलाई बोनस शेयर दिने निर्णय गर्दै साधारणसभाले सञ्चित मुनाफालाई चुक्तापुँजी बनाउने निर्णय गरेको हो ।

    निगममा नेपाल सरकारको ९९ प्रतिशत शेयर छ भने अर्थ मन्त्रालयसहित आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापन विभाग, नेशनल ट्रेडिङ, राष्ट्रिय बिमा संस्थान, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको १ प्रतिशत शेयर छ ।

    यो चुक्तापँजी वृद्धिको निर्णयले निगममा साढे ७ लाख रुपैयाँ लगानी गरेको नेशनल ट्रेडिङको सेयर २ करोड ८२ लाख पुगेको छ । अन्य कम्पनीको पनि शेयर हिस्सा बोनसका रुपमा थपिएको छ ।

    सरकारले चाहे सर्वसाधारणलाई शेयर

    निगमको पुँजीवृद्धिका लागि गठन भएको समितिले निगमको पुँजी २० अर्ब पुर्‍याउनुपर्ने सिफारिस गरेको थियो । सरकारको ५५ प्रतिशत शेयर स्वामित्व राखेर ३० प्रतिशत शेयर भने सर्वसधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्न सुझाव दिएको थियो ।

    निगमका कार्यकारी निर्देशक सुशिल भट्टरलाई समितिको सिफारिसअनुसार निगमको चुक्तापुँजीमा सरकारको ५५ प्रतिशत हिस्सा सुरक्षित भएको बताउँछन् । अब सरकारले निगममा सर्वसधारणको लगानी होस् भन्ने चाहेमा कुनै बाधा नपर्ने उनले बताए ।

    समितिले २० अर्ब पुर्‍याउन ११ अर्ब चुक्तापुँजी सरकारका तर्फबाट लगानी गरेर ६ अर्ब सर्वसाधारणबाट उठाउन सिफारिस गरेको थियो । नपुग पुँजी भने रणनीतिक साझेदार भित्र्याएर लगानी गराउन सुझाव दिएको थियो ।

    कार्यकारी निर्देशक भट्टराई सरकारले निर्णय गरेमात्र निगमले आईपीओ जारी गर्न सक्ने बताउँछन् । ११ अर्ब चुक्तापुँजी पुगेपछि सरकारले चाहेको अवस्थामा कुनै अप्ठेरो भने नरहने निगमको भनाइ छ ।

    भट्टराईकाअनुसार निगमलाई तत्कालै कम्तिमा पनि १६ अर्बको चुक्तापुँजी अत्यावश्यक छ । ‘हामी महिनामा भारतबाट १६ अर्ब बराबरको तेल भित्र्याउउँछौं । एकै किस्तामा तिर्न नसकेकाका कारण तेत्ल बेच्दै दुई किस्ता गरेर तिर्छौं,’ उनी भन्छन्,’आर्थिक वर्ष २०७४/७५ को खुद मुनाफालाई पनि चुक्त पुँजीमा रुपान्तरण गर्न प्रयास गर्छौं ।’ गत वर्ष निगमले ३ अर्बभन्दा बढी खुद मुनाफा कमाएको अनुमान छ ।

    निगमले यसअघि नै आफ्नो अधिकृत र जारी पुँजी ३० अर्ब पुर्‍याउन कम्पनी रजिष्ट्ररको कार्यालयबाट अनुमति पाइसेकेको छ । निरन्तर नाफामा गएकाले पनि पुँजी वृद्धि गर्न खासै समस्या नहुने देखिएको छ । कम्पनी ऐन २०६३ अनुसार निगमले साधारण सेयर जारी गरे ३० प्रतिशत सर्वसाधारणका लागि छुट्याउनुपर्छ ।

    तर, निगमले साधारण शेयर जारी गर्ने गरी तीब्र तयारी गरेको छैन । सरकारले पनि यसमा खासै गृहकार्य नगरेकाले पब्लिक शेयर आउने विषयम लम्बिने देखिएको छ ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-२० गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २० गते बिहीबार इश्वी सन २०२४ मे २...

    मोरङ रतुवामाइ कोरोना कहरको राहत सामग्रीको विषय उच्च अदालत पुऱ्यो

    बैशाख-१९, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको डम्पिङ साईडमा कोरोना महामारीको समयमा गरिव...

    साग पसल खोल्दै छुः मिलन लिम्बु

    बैशाख-१८, बुधबार/इलाम – इलाम-२ उपनिर्वाचनका रास्वपाका युवा उमेम्द्वार मिलन लिम्बुले निर्वाचनका समयमा आफुले बोलेका साग...

    डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

    बैशाख -१८, मंगलबार/काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।  यता हवाई...

    आज बैशाख-१९ गते बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १९ गते बुधबार इश्वी सन २०२४ मे १...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal