News Portal

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले दिइन् राजीनामा

हिमालीसंचार संवाददाता
३९६ पटक

बुटवल – लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगरले बताए ।

राज्यमन्त्री वलीले राजीनामा बुझाएको र अब मन्त्रिपरिषद्को सल्लाहमा मुख्यमन्त्रीले त्यसलाई स्वीकृत गर्ने बताए । जेठ ३१ गते दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको भन्दै प्रहरीले वलीलाई पक्राउ गरेको थियो । यसपछि सरकारले छानबिन गर्न समिति समेत गठन गरेको थियो । छानबिन समितिलाई सघाउन पार्टीको सल्लाहकार उनले राजीनामा दिएको प्रमुख सचेतक घर्तीले बताए ।

उनका पति प्रदेश सभा सदस्य उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) बाट उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । यद्यपी पार्टी विभाजनपछि उनले नेकपा माओवादी केन्द्र रोजेकी थिइन् । गत साउनमा नेकपा माओवादी केन्द्रले उनलाई राज्यमन्त्री बनाएको थियो ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...