News Portal

विप्लव नेतृत्वको नेकपा परित्याग गरी नेकपा माओवादी केन्द्र प्रवेश गर्दै

हिमालीसंचार संवाददाता
४३५ पटक

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहितका नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गर्ने भएका छन् । उनीहरुलाई माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ ।

पुनसहित शंकर बहादुर खड्का, दलबहादुर धामी र रमेश परियारलगायतका नेताहरुले गत साता मात्र नेकपाबाट सामूहिक राजीनामा दिएका थिए। पुन महाकाली ब्यूरो इन्चार्ज समेत हुन् ।

यस्तै पूर्व केन्द्रीय सदस्य खड्का सेती ब्यूरो इन्चार्ज हुन् भने धामी महाकाली इन्चार्ज हुन्। पूर्व दार्चुला तथा कञ्चनपुर जिल्ला इन्चार्ज समेत रहेका परियार हाल विशेष कमिटी सदस्य रहेका छन्।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...