News Portal

पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब पेट्रोलको प्रति लिटर १७९ र डिजलको १६३ रुपैयाँ

हिमालीसंचार संवाददाता
४२६ पटक

काठमाडौं। सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। पेट्रोलियम पदार्थमा लगाइएको कर समायोजन गरेर सरकारले पेट्रोलमा प्रति लिटर २० र डिजलमा २९ रुपैयाँ घटाएको हो। अब पेट्रोल प्रति लिटर १७९ रुपैयाँ र डिजेल प्रति लिटर १६३ रुपैयाँ प्रति लिटर कामय भएको छ।

यो निर्णय आज शनिबार राती १२ बजेदेखि कार्यान्वयनमा आउने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडुले पत्रकार सम्मेलनमा जानकारी दिए।

यसअघि पेट्रोलको प्रति लिटर १९९ र डिजेलको १९२ रुपैयाँ थियो। सत्ता गठबन्धनको शनिवार बसेको बैठकमा पेट्रोलियम पदार्थमा लागेको कर कम गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको हो।

बैठकमा मन्त्रिपरिषद्को बैठक बोलाएर पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर कम गर्ने र आयल निगमलाई मुल्य घटाउन निर्देशन दिने सहमति भएको हो। संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आइरहेको कर ५० प्रतिशतले घटाउन निर्देशन दिएको थियो।

नेपाल आयल निगमले ६ दिनअघि आइतबार मध्यरातमा पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। सो समयमा निगमले एकैचोटी पेट्रोलमा २१ रुपैयाँ र डिजेलमा २७ रुपैयाँले बढाएको थियो। मूल्य वृद्धिको चर्को विरोध भइरहेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ।...

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...