News Portal

रोजगारदाताले क्वारेन्टाइन शुल्क तिर्न अस्वीकार गर्दा, जुहाईमा गैरआवासीय श्रमिकहरुको विरोध प्रर्दशन

हिमालीसंचार संवाददाता
३५४ पटक

ऐजेन्सी – कोराना महामारीका कारण मकाउ सरकारले निर्धारण गरेको नियम अनुरुप सरकारले तोकेको स्थानमा क्वारेन्टाइन बस्नु पर्ने हुन्छ । सो  क्वारेन्टाइन बसेको लागत मकाउ स्थित रोजगारदाताले तिर्न अस्वीकार गर्दा जुहाई स्थित क्वारेन्टाइन बसेका गैरआवासीय श्रमिकहरुले बुधबार विरोध प्रर्दशन गरेका छन् ।

चीनका विभिन्न राज्यबाट करिब २ सयको संख्यमा गैरआवासीय श्रमिकहरु आएर जुहाइमा क्यारेन्टाइन बसेका छन्। उनीहरु सरकारले तोकिएको होटलमा क्वारेन्टाइन बसेका गैरआवासीय श्रमिकहरुको भिसा यहि जुन ३० तारिखसम्म रहेको छ। उनीहरुको भिसा नविकरण नभए उनीहरु जुहाईबाट घर फर्कनु पर्नेछ भनिएको थियो। श्रमिकहरुले एक महिनाको तलब बराबरको क्वारेन्टाइनको खर्च जुटाउन नसक्ने बताएका छन् । जुहाईमा तोकिएको होटलको क्वारेन्टाइन शुल्क तिर्नुपर्ने कामदारहरूलाई रोजगारदाताले बताएको थियो। तर, रोजगारदाताले उक्त शुल्क तिर्न अस्वीकार गरेपछि गैरआवासीय श्रमिकहरुले जुहाईमा विरोध प्रर्दशन गरेका हुन्। 

यता, मकाउ सरकारले ब्यूरोका कर्मचारीहरूलाई घटनास्थल पठाइएका थिए । श्रम मामिला ब्यूरो कानूनी रूपमा रोजगारदाताले शुल्क तिर्नु नपर्ने बताएको छ ।  कम्पनीका प्रतिनिधि र कर्मचारी दुवैले समस्या समाधान गर्ने प्रयास गरे पनि सफल हुन सकेन ।

श्रम मामिला ब्यूरोले गैरआवासीय श्रमिकहरुलाई मागहरू तर्कसंगत रूपमा व्यक्त गर्न र कोरोना भाइरसको जोखिमलाई न्यूनिकरण गर्न ठुलो संख्यामा भेला नहुन अनुरोध गरेको छ। अधिकारीहरूले घटनाको अनुगमन जारी राख्ने जनाएको छ । सृर्जित समस्याको समाधान गर्न र उनीहरुको वैध श्रम अधिकारको रक्षा गर्न रोजगारदाता र कर्मचारी दुवैसँग समन्वय कायम गर्ने बताएका छन् । 

चीनको जुहाई राज्यबाट मकाउ प्रवेश गर्ने व्यक्तिहरूको लागि नयाँ कानून अख्तियार गरेको हुनाले मकाउ प्रवेश गर्ने गैरआवासीय श्रमिकहरुले सरकारले निर्धारण गरेको क्वारेन्टाइन होटलमा ७ दिन र सेल्फ क्वारेन्टाइन ७ दिनको सम्पूर्ण लागत खर्च व्यहोर्नु पर्ने उल्लेख गरेको छ। 

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...