News Portal

मकाउले समुदायमा कोरोना परीक्षण सक्यो, ४९ जनामा कोरोना पुष्टि र १८ सयभन्दा बढी क्वारेन्टाइन

हिमालीसंचार संवाददाता
२९२ पटक

ऐजेन्सी – हेल्थ व्यूरो मकाउले आइताबारदेखि मंगलबार तीन दिनसम्म समुदायमा न्यूक्लिक एसिड (कोरोना) परीक्षण गरेको छ । सरकारले तीन दिनसम्म कोरोना परीक्षण गर्दा १० मिक्स नमूनाहरुको ३४ सेट प्रारम्भित सकारात्मक परीक्षण गरेको छ । मकाउ हेल्थ व्यूरोले गरेका उक्त परीक्षणहरु मध्ये केही अझै समिक्षा अन्तरगत राखेको बताएको छ । ४९ जनामा कोरोना पुष्टि र १८ सयभन्दा बढी व्यक्ति क्वारेन्टाइनमा रहेका छन् ।

हेल्थ व्यूरोले तीन दिनसम्म समुदायमा गरेको परीक्षणमा नोभेल कोरोना भाइरस प्रतिक्रिया तथा समन्वय केन्द्र मकाउका अनुसार मकाउमा कुल ६ लाख ७७ हजार ५८६ जनाको निशुल्क कोभिड-१९ परीक्षण गरिएको थियो । मकाउमा ९८ जना संक्रमित भएका छन् भने ८३ जनाले स्वास्थ्यलाभ लिएका छन् । 

न्यूक्लिक एसिड परीक्षण नगरेका व्यक्तिहरूको लागि स्वास्थ्य कोड पहेंलो रंगमा परिबर्तन गरिएको छ । उक्त व्यक्तिहरुले न्यूक्लिक एसिड परीक्षण गरिसकेपछि र नकारात्मक नतिजा प्राप्त भएपछि मात्र कोड परिवर्तन हुने हेल्थ व्यूरो मकाउले जनाएको छ। 

हेल्थ व्यूरोका अनुसार पहेँलो स्वास्थ्य कोड भएका व्यक्तिहरूलाई सार्वजनिक स्थानहरूमा प्रवेश गर्न रोक लगाएको छ। त्यस्तै, सार्वजनिक यातायात प्रयोग गर्न र शहर छाड्न प्रतिबन्ध गरिएको छ । यी व्यक्तिहरूले मकाउ प्रहरीको साथमा व्यूरोले तोकेका परीक्षण स्थलमा परीक्षण गर्नु पर्ने समेत बताएको छ । अझै न्यूक्लिक एसिड परीक्षण गर्न अस्वीकार गर्नेहरूलाई हेल्थ व्यूरोले तोकिएको ठाउँमा १४ दिनको क्वारेन्टाइन बस्नु पर्ने स्वास्थ्य अधिकारीले बताएका छन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ।...

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...