News Portal

हङकङमा ४६ बर्ष अधिदेखि समुन्द्रमा संचालित, एतिहासिक जम्बो रेष्टुरेन्ट समुन्द्रमा डुब्यो

हिमालीसंचार संवाददाता
९४० पटक

युवा राई/हङकङ – हङकङ शहरको पहिचान बनाएर तैरिरहेको जम्बो रेष्टुरेन्ट समुन्द्रमा डुबेको छ । विगत ४६ वर्ष अधिदेखि विशाल पानी जहाजमा सञ्चालित यो रेष्टुरेन्ट दक्षिणपश्चिम हङकङको एबर्डिनमा रहेको थियो । तर, सञ्चालकले त्यहाँबाट अर्को ठाउँ (सार्वजनिक नगरिएको) मा सार्ने क्रममा रेष्टुरेन्ट प्याराल टापु नजिक समुन्द्रमा डुबेको हो ।

रेष्टुरेन्ट १ हजार मिटर तल डुबेको जनाईएको छ । अब रेष्टुरेन्टलाई पुनः उतार्न असम्भव रहेको एबर्डिन रेष्टुरेन्ट इन्टरप्राइजेजले जनाएको छ । उनका अनुसार रेष्टुरेन्ट डुबे पनि सबै जना कर्मचारीहरु सुरक्षित रहेका बताएको छ। रेष्टुरेन्ट रहेको जहाज चलाउने चालक दलका सदस्य पनी सुरक्षित रहेका छन् ।

हङकङमा सन् १९७६ को अक्टुवरमा खोलिएको यो रेष्टुरेन्ट ३ मार्च, २०२० देखि कोरोना कहरका कारण बन्द थियो । कोरोना महामारीका कारण बन्द हुनुअघि सन् २०१३ देखि नै यो रेष्टुरेन्ट घाटामा गएको बताइएको छ । तर पनि एबर्डिन रेस्टुरेन्ट इन्टरप्राइजेजले प्रतिष्ठाका लागि रेष्टुरेन्ट सञ्चालन गरिरहेको थिए ।

संचालित रेष्टुरेन्ट मर्मत गरेर नयाँ लगानीकर्तालाई बेच्ने लक्ष्यसहित एबर्डिन रेष्टुरेन्ट इन्टरप्राइजेजले रेष्टुरेन्टलाई अन्त सार्न लागेको थियो । यो रेष्टुरेन्टमा ३० लाख भन्दा बढी मानिसहरु यो रेष्टुरेन्टमा पुगेको विश्वास गरिएको छ । 

यो ऐतिहासिक रेष्टुरेन्टमा वेलयाती महारानी एलिजावेथ द्वितीय, अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरसहित टम क्रुजलगायतका चर्चित व्यक्ति पनि पुगेका छन् । यो रेष्टुरेन्टमा केही चलचित्रहरुको छायाँकन पनि गरिएको छ ।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...