News Portal

मकाउ जुहाई प्रस्थान गर्ने यात्रुका लागि २४ धण्टाको कोरोना परीक्षण प्रमाण पत्र अनिवार्य

हिमालीसंचार संवाददाता
३९५ पटक

ऐजेन्सी – मकाउ – जुहाईका अधिकारीहरूले आज जुन १९ तारिख आइतबार बिहान ६:०० बजेदेखि लागू हुने गरी नया नियम परिवर्तन गरिएको छ। मकाउ हुदै जुहाई चीन तर्फ प्रस्थान गर्ने यात्रुका लागि कोभिड-१९ परीक्षण २४ धण्टाको प्रमाण पत्र अनिवार्य यात्रुसंग हुनु पर्ने नियम लागू गरिएको छ।

मकाउ हेल्थ व्यूरोले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चीनको जुहाई राज्यका अधिकारीहरुसंग उक्त समन्वय गरेको आजको स्थानीय संचार माध्यम टिडिएमले समाचार लेखेको छ। तर, मकाउ आवागमन प्रवेशमा कुनै नियम परिवर्तन नगरिएको उल्लेख गरिएको छ। 

त्यस्तै, मकाउमा एक जना स्थानीयसंग कोरोना भाइरस परीक्षण गर्दा पोजिटिभ देखिएपछि मकाउ हेल्थ व्यूरोले आज विहानदेखि लागु हुने गरी उक्त निर्णय लिएको हो। पछिल्लो अपडेट अनुसार १२ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै, ८ जना सकांस्पत हेरिएको छ भने बाकी आशंका गरिएको छ।  अधिकारीका अनुसार मकाउका सम्पूर्ण शहर लागि उच्च सर्तकता अपनाउन आग्रह गरेको छ। त्यस्तै, अनावश्यक घर बाहिर नजान सर्वसाधराण समक्ष आग्रह गरेका छन् । 

मकाउमा आज स्थानीय यमय १२ बजेदेखि पुरै शहरमा कोरोना परीक्षण गर्ने कोरोना भाइरस प्रतिक्रिया तथा समन्वय केन्द्रले पत्रकार सम्मेलन मार्फत जानकारी गरेका छन् । मकाउ हेल्थ व्यूरोले पोजेटिभ देखिएको स्थानीय वरपरका क्षेत्रमा निरीक्षण गरिरहेको छ। 

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...