News Portal

कुन उमेरको व्याक्तिले कति घण्टा सुत्नु पर्छ: डा. हेमराज कोइराला

हिमालीसंचार संवाददाता
११८९ पटक

निन्द्रा जीवनको आधारभूत आवश्यकता हो । जीवन धान्नका लागि जति महत्व पोषिलो खाना, स्वच्छ पानी र ताजा श्वासको छ। त्यति नै महत्व मिठो, गहिरो र पर्याप्त निन्द्राको पनि छ । गर्भास्थ भ्रूण होस वा नवजात शिशु, दुदे बालक होस वा लक्का जवान तन्देरी, तिल–चामले अधबैशे होस वा पिण्ड खान ठिक्क परेकाहरु निन्द्रा सबै र सधैका लागि प्राथमिक आवश्यकता हो ।

मिठो निन्द्राले मनलाई शक्ति, शरीरलाई पुनर्ताजगी र स्फूर्ति दिन्छ भने शरीरका हरेक प्रणालीहरुलाई बलियो बनाउँदछ । तर, फाइदाहरू प्राप्त गर्न हामीले लिएको निन्द्रा मिठो र गहिरोका साथसाथै पर्याप्त पनि हुन आवश्यक छ । ठिक मात्रामा नसुतिएको निन्द्राले शारीरिक, मानसिक एवं भावनात्मक स्वास्थ्यलाई चौपट बनाउनुका साथै एकाग्रता, स्मृति, लय, ध्यान, रचनात्मकता र बोध क्षमतालाई समेत गडबड गरिदिन्छ । यसर्थ हर कसैले पर्याप्त मात्रामा निदाउन अत्यन्त आवश्यक छ । 

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले सिफारिस गरे अनुरूप हरेक उमेर समुहका व्याक्तिले निम्नानुसारको न्यूनतम निन्द्रा लिन आवश्यक रहेको उल्सेख गरेको छ । निन्द्राको आवश्यकता र महत्वका आधारमा सुत्ने समयलाई नौ उमेर समूहहरूमा विभाजन गरिएको छ । यस तालीकामा प्रत्येक समूहका स्वास्थ्य व्यक्तिहरूका लागि रातिको निन्द्राको न्युनतम अवधिको सिफारिस गरिएको छ। कतिपय अवस्थामा, सिफारिस गरिएको दायराभन्दा एक घण्टा बढी वा कम सुत्नु व्यक्तिको परिस्थितिको आधारमा स्वीकार्य हुन सक्छ ।

  नवजात शिशु ० देखि ३ महिना १४ देखि १७ घण्टा

२ शिशु ३ देखि १२ महिना १२ देखि १६ घण्टा

३ दुदे बालक १ देखि २ बर्ष  ११ देखि १४ घण्टा

४ बलक ३ देखि ५ बर्ष १० देखि १३ घण्टा

५ कुमार  ६ देखि १२ बर्ष ०९ देखि १२ घण्टा

६ किशोर  १३ देखि १९ बर्ष ०८ देखि १० घण्टा

७ बयस्क २० देखि ६० बर्ष  ०७ घण्टा भन्दा माथि

८ वृद्ध ६१ देखि ६५ बर्ष ०७ देखि ०९ घण्टा

९ बयोवृद्ध ६६ देख माथि  ०७ देखि ०८ घण्टा

(डाक्टर कोइराला भरतपुर—१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय मेडिकल डाइरेक्टर हुन्)

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...