News Portal

कुन उमेरको व्याक्तिले कति घण्टा सुत्नु पर्छ: डा. हेमराज कोइराला

हिमालीसंचार संवाददाता
१११८ पटक

निन्द्रा जीवनको आधारभूत आवश्यकता हो । जीवन धान्नका लागि जति महत्व पोषिलो खाना, स्वच्छ पानी र ताजा श्वासको छ। त्यति नै महत्व मिठो, गहिरो र पर्याप्त निन्द्राको पनि छ । गर्भास्थ भ्रूण होस वा नवजात शिशु, दुदे बालक होस वा लक्का जवान तन्देरी, तिल–चामले अधबैशे होस वा पिण्ड खान ठिक्क परेकाहरु निन्द्रा सबै र सधैका लागि प्राथमिक आवश्यकता हो ।

मिठो निन्द्राले मनलाई शक्ति, शरीरलाई पुनर्ताजगी र स्फूर्ति दिन्छ भने शरीरका हरेक प्रणालीहरुलाई बलियो बनाउँदछ । तर, फाइदाहरू प्राप्त गर्न हामीले लिएको निन्द्रा मिठो र गहिरोका साथसाथै पर्याप्त पनि हुन आवश्यक छ । ठिक मात्रामा नसुतिएको निन्द्राले शारीरिक, मानसिक एवं भावनात्मक स्वास्थ्यलाई चौपट बनाउनुका साथै एकाग्रता, स्मृति, लय, ध्यान, रचनात्मकता र बोध क्षमतालाई समेत गडबड गरिदिन्छ । यसर्थ हर कसैले पर्याप्त मात्रामा निदाउन अत्यन्त आवश्यक छ । 

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले सिफारिस गरे अनुरूप हरेक उमेर समुहका व्याक्तिले निम्नानुसारको न्यूनतम निन्द्रा लिन आवश्यक रहेको उल्सेख गरेको छ । निन्द्राको आवश्यकता र महत्वका आधारमा सुत्ने समयलाई नौ उमेर समूहहरूमा विभाजन गरिएको छ । यस तालीकामा प्रत्येक समूहका स्वास्थ्य व्यक्तिहरूका लागि रातिको निन्द्राको न्युनतम अवधिको सिफारिस गरिएको छ। कतिपय अवस्थामा, सिफारिस गरिएको दायराभन्दा एक घण्टा बढी वा कम सुत्नु व्यक्तिको परिस्थितिको आधारमा स्वीकार्य हुन सक्छ ।

  नवजात शिशु ० देखि ३ महिना १४ देखि १७ घण्टा

२ शिशु ३ देखि १२ महिना १२ देखि १६ घण्टा

३ दुदे बालक १ देखि २ बर्ष  ११ देखि १४ घण्टा

४ बलक ३ देखि ५ बर्ष १० देखि १३ घण्टा

५ कुमार  ६ देखि १२ बर्ष ०९ देखि १२ घण्टा

६ किशोर  १३ देखि १९ बर्ष ०८ देखि १० घण्टा

७ बयस्क २० देखि ६० बर्ष  ०७ घण्टा भन्दा माथि

८ वृद्ध ६१ देखि ६५ बर्ष ०७ देखि ०९ घण्टा

९ बयोवृद्ध ६६ देख माथि  ०७ देखि ०८ घण्टा

(डाक्टर कोइराला भरतपुर—१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय मेडिकल डाइरेक्टर हुन्)

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...