News Portal

विजुलीको नाङगो तारमा हिड्ने माईला विकको अनूभव (भिडियो सिहित)

हिमालीसंचार संवाददाता
५२१ पटक

‘मैले धर्ती नै छाड्न खोजेको हो । आफ्नै घाँटी रेट्न सकिएन । आँखामा परेको कसिंगर पनि आफैँ झिक्न सकिन्न, साथी चाहिन्छ,’ तारकेश्वर नगरपालिका वडा नम्बर ७ स्थित नवजीवन परोपकार समाजमा पुग्दा माइला बिक अर्थात् हिमबहादुर सुनारले मनको बिरह पोखे ।

४२ वर्षीय माइला तिनै व्यक्ति हुन्, जसले शनिवार दिनभर नुवाकोटमा बिजुलीको तारमा झुण्डिएर सिंगो राज्यलाई नै हैरान बनाएका थिए । अहिले उनी नवजीवन परोपकार समाजको संरक्षणमा छन् । साँझ काठमाडौबाट हेलिकप्टरसहित पुगेको नेपाली सेनाको विशेष टोलीले उद्धार गरेपछि प्रहरीले उनलाई संस्थाको संरक्षणमा छाडेको हो ।

आइतवार दिउँसो भेट्न पुग्दा हिमबहादुरले मर्न सजिलो रहेन छ भन्ने अनुभव सुनाए– ‘भाग्यमा छैन भने त यत्तिकै मर्न पनि पाइँदैन । अनि दिन आएपछि जान्नँ भन्न पाइँदैन, जानैपर्छ ।’ पारिवारिक तनावले बिजुलीको पोलमा चढेको बताएका विकले कसरी चढियो त बिजुलीको पोलमा ? प्रश्न भुइँमा खस्न नपाउँदै उनले ठट्यौली शैलीमा गम्भिर कुरा सुनाए ।

‘अब सिधै माथि जाने भनेर खम्बामा गएर पहिले ढोगें । हे ईश्वर ! अब तिमी र म सँगै बस्ने ल भनेर विस्तारै माथि चढ्दैचढ्दै गएँ । माथि गएपछि त कोही माइल्दाइ भन्न थाले, कसैले ओइ काले तल झर भन्न थाले । मलाई रिस उठ्दै गएपछि ल आइज न त भनेर अझै माथि गएँ । जेहोस्, सप्लाई (अनूभव) भो । मनको चाहना सप्लाई भो,’ उनले भने ।

‘ढोग्दा करेन्ट लागेन । यसो सोचें, यो खतरा करेन्ट भन्या छ, बीचतिर गएर बस्छु । त्यहाँ बस्यो भने कोही पनि आउँदैन भन्ने लाग्यो । सुइँसुइँ माथि गएँ, अझै करेन्ट लागेन । माथि गएपछि तल आउन मन लागेन ।’

उनले थपे, ‘माथि उड्न सजिलो हुने रहेछ, तल गाह्रो । त्यहाँ त काँडाले पनि नघोच्ने, सुइँसुइँ लठ्ठा तान्यो, कस्तो मज्जा !’ आफूलाई अझै रिस उठाएको भए तारैतार हिँडेर काठमाडौं आइदिन्थें भन्ने गफ पनि उनले दिए । उनको मानसिक स्वास्थ्य जाँचका लागि पाटनस्थित मानसिक अस्पताल लैजाने तयारी भएको संस्थाकी सचिव शान्ति तिवारीले बताएकी छिन्। 

भिडियो यहाँ हेर्नुस्

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...