News Portal

खोटाङ जिल्लाको बाक्सिला फुटबल क्लबको विजयी सुरुवात

हिमालीसंचार संवाददाता
३६९ पटक

इटहरी – प्रदेश नं. १ जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगितामा खोटाङ जिल्लाको बाक्सिला फुटबल क्लबले विजयी सुरुवात गरेको छ। सुनसरीको इटहरी रंगशालामा शुक्रबार भएको खेलमा मानभारा स्पोर्टिङ क्लब ताप्लेजुङलाई ४–२ गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको हो।

निर्धारित समयमा दुबै समुहले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टी सुटमा बाक्सिला फुटबल क्लबका सौजन राई, एकराज बुढाथोकी, बिशाल राई र निरज कार्कीले गोल गरेका थिए। अर्को खेलमा बाक्सिला फुटबल क्लबले झापाको शनिश्चरे फुटबल क्लबसँग खेल्नेछ ।

सुनसरीको इटहरीमा जारी खेलमा पाँचथरको राईजिङ स्टार स्पोर्टस क्लब, उदयपुरको फ्युजन फुटबल क्लब, मोरङको मोतीराम स्पोर्टिङ क्लब, सुनसरीको धरान फुटबल क्लब, संखुवासभाको खादबारी युथ क्लब, भोजपुरको कोदार फुटबल क्लब, धनकुटाको देउराली फुटबल क्लब, इलामको रेडहर्स फुटबल क्लब, खोटाङको बाक्सिला फटबल क्लब, ताप्लेजुङको मानभारा स्पोर्टिङ क्लब र झापाको शनिश्चरे फुटबल क्लब सहभागी भएका छन्। 

अहिले बाक्सिला फुटबल क्लब र झापा बिच खेल भइरहेको छ। इटहरी फुटबल क्लबको संयोजन तथा प्रदेश खेलकुद बोर्ड विराटनगरको आयोजनामा प्रतियोगिता सञ्चालन भइरहेको हो। 

प्रतिकृया दिनुहोस्

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...