News Portal

खोटाङ जिल्लाको बाक्सिला फुटबल क्लबको विजयी सुरुवात

हिमालीसंचार संवाददाता
४३९ पटक

इटहरी – प्रदेश नं. १ जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगितामा खोटाङ जिल्लाको बाक्सिला फुटबल क्लबले विजयी सुरुवात गरेको छ। सुनसरीको इटहरी रंगशालामा शुक्रबार भएको खेलमा मानभारा स्पोर्टिङ क्लब ताप्लेजुङलाई ४–२ गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको हो।

निर्धारित समयमा दुबै समुहले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टी सुटमा बाक्सिला फुटबल क्लबका सौजन राई, एकराज बुढाथोकी, बिशाल राई र निरज कार्कीले गोल गरेका थिए। अर्को खेलमा बाक्सिला फुटबल क्लबले झापाको शनिश्चरे फुटबल क्लबसँग खेल्नेछ ।

सुनसरीको इटहरीमा जारी खेलमा पाँचथरको राईजिङ स्टार स्पोर्टस क्लब, उदयपुरको फ्युजन फुटबल क्लब, मोरङको मोतीराम स्पोर्टिङ क्लब, सुनसरीको धरान फुटबल क्लब, संखुवासभाको खादबारी युथ क्लब, भोजपुरको कोदार फुटबल क्लब, धनकुटाको देउराली फुटबल क्लब, इलामको रेडहर्स फुटबल क्लब, खोटाङको बाक्सिला फटबल क्लब, ताप्लेजुङको मानभारा स्पोर्टिङ क्लब र झापाको शनिश्चरे फुटबल क्लब सहभागी भएका छन्। 

अहिले बाक्सिला फुटबल क्लब र झापा बिच खेल भइरहेको छ। इटहरी फुटबल क्लबको संयोजन तथा प्रदेश खेलकुद बोर्ड विराटनगरको आयोजनामा प्रतियोगिता सञ्चालन भइरहेको हो। 

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...