News Portal

एसियन कप छनौटमा नेपालको दोस्रो हार

हिमालीसंचार संवाददाता
३५० पटक

कुवेत– एएफसी एसियन कप छनौटतर्फ समूह ए मा रहेको नेपालले समूह चरणको आफ्नो लगातार दोस्रो खेलमा पनि हार बेहोरेको छ । बुधबार राती पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको नेपालले शनिबार राती आयोजक कुवेतसँग ४–१ ले निराश हुन पुग्यो।

पहिलो खेलमा भन्दा तुलनात्मक रुपमा सुधारिएको प्रदर्शन गरेको नेपालले कुवेत विरुद्ध आक्रमणको जालो पनि बुनेको थियो। तर नेपालको गोल गर्ने प्रयास अन्तिम समयमा मात्र सम्भव भयो। नेपालका लागि इन्जुरी समयमा दर्शन गुरुङले एक मात्र गोल फर्काए।
पहिलो हाफको पछि दोस्रो गेम सुरु हुँदा फेरी नेपाली फुटबल खेलाडीहरुले राम्रो रुपमा खेल प्रदर्शन गरेका थिए

त्यस्तै खेलका क्रममा दोस्रो हाफ मै मुख्य प्रशिक्षक अब्दुला अल्मुताइरी अस्वस्थ्य भई मैदान मै ढल्दा नेपाली खेलाडीहरुमा केही मानसिक दबाब पर्न पुगेको आभाष देखिन्थ्यो। मुख्य प्रशिक्षक अल्मुताइरीको अनुपस्थितिमा उनको जिम्मेवारी सहायक प्रशिक्षक किरन श्रेष्ठले लिएका थिए।

यो लगातार दोस्रो हारले नेपालको छनौट प्रतियोगिताको सम्भावना समाप्त भएको छ।नेपालले आफ्नो समूह चरणको अन्तिम खेल मंगलबार इण्डोनेसियासँग खेल्नेछ। इण्डोनेसियाले आफ्नो पहिलो खेलमा कुवेतलाई २–१ ले हराएको थियो। साथै शनिबार मध्यरात मै इण्डोनेसियाले जोर्डनसँग खेल्ने कार्यक्रम छ।

 

 

 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...