News Portal

रावा खोला लघु जलविद्युत माइक्रो हाइड्रोका कारण खेतबारीमा क्षति

हिमालीसंचार संवाददाता
१४८२ पटक

बाक्सिला – खोटाङ जिल्लाको केपिलासगढी पालिका वडा नं. ७ सुङदेलको त्रिवेणी जल्लेश्वरदेखि वडा नं. ४ भतरे हाइट्रो पावरसम्मको करिब २ किलो मिटर क्षेत्रमा कच्चि कुलोका कारण स्थानीयको खेतबारी बगाएर क्षति पुगेको छ ।

केपिलासगढी पालिका वडा नं. ७ सुङदेलको त्रिवेणी जल्लेश्वरदेखि भतरेसम्मको उक्त हाइट्रो पावर ०७३/०७४ सालमा सम्पन्न परियोजनाले अहिलेसम्म आरसीसी नगरिएका कारण बर्षेनी स्थानीयको अन्नबाली सहितको खेतबारीमा क्षती पुर्याउदै आएको स्थानीयको गुनासो छ। स्थानीय बीरबहादुर धलेका जग्गा पुनः क्षति पुगेपछि १३ पाथीको बिउ जाने जग्गामा खनजोत बन्द गरी हाइड्रो पावर संचालक समितिका अध्यक्ष दुर्गा राईसंग क्षतिपूर्तिका लागि मौखिक उजुरी गरेका हिमालीसंचारडटकमसंग बताए। 

त्यस्तै, स्थानीय शेरबहादुर धलेका जग्गा हाइट्रो पावरको कुलोले खेत बगाएपछि पुन: यो बर्ष दुखेसो पोखेका छन्। उनले हिमालीसंचारडटकमसंग भने, म आफु बिरामी छु। उता भएको खेत पुनः कुलोले बगाएको छ। सुङदेल त्रिवेणी जल्लेश्वर हुदै भतेर हाइट्रो पावरले कंखे खोलामा कुलो मिसाएको छ। उक्त कुलोले क्षति गरेको उनको भनाइ छ। 

अहिले स्थानीयले उक्त २ किमी क्षेत्र भित्र कुलो आरसीसी ढलान गरेर मात्र कुलो संचालन गर्न माग गरेका छन। स्थानीय कुलो पिडीतले क्षती पुर्ती सहित सम्बन्धित सरोकारवालाहरुमा अनुरोध समेत गरेका छन्।

प्रतिकृया दिनुहोस्

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...