News Portal

रावा खोला लघु जलविद्युत माइक्रो हाइड्रोका कारण खेतबारीमा क्षति

हिमालीसंचार संवाददाता
१६१४ पटक

बाक्सिला – खोटाङ जिल्लाको केपिलासगढी पालिका वडा नं. ७ सुङदेलको त्रिवेणी जल्लेश्वरदेखि वडा नं. ४ भतरे हाइट्रो पावरसम्मको करिब २ किलो मिटर क्षेत्रमा कच्चि कुलोका कारण स्थानीयको खेतबारी बगाएर क्षति पुगेको छ ।

केपिलासगढी पालिका वडा नं. ७ सुङदेलको त्रिवेणी जल्लेश्वरदेखि भतरेसम्मको उक्त हाइट्रो पावर ०७३/०७४ सालमा सम्पन्न परियोजनाले अहिलेसम्म आरसीसी नगरिएका कारण बर्षेनी स्थानीयको अन्नबाली सहितको खेतबारीमा क्षती पुर्याउदै आएको स्थानीयको गुनासो छ। स्थानीय बीरबहादुर धलेका जग्गा पुनः क्षति पुगेपछि १३ पाथीको बिउ जाने जग्गामा खनजोत बन्द गरी हाइड्रो पावर संचालक समितिका अध्यक्ष दुर्गा राईसंग क्षतिपूर्तिका लागि मौखिक उजुरी गरेका हिमालीसंचारडटकमसंग बताए। 

त्यस्तै, स्थानीय शेरबहादुर धलेका जग्गा हाइट्रो पावरको कुलोले खेत बगाएपछि पुन: यो बर्ष दुखेसो पोखेका छन्। उनले हिमालीसंचारडटकमसंग भने, म आफु बिरामी छु। उता भएको खेत पुनः कुलोले बगाएको छ। सुङदेल त्रिवेणी जल्लेश्वर हुदै भतेर हाइट्रो पावरले कंखे खोलामा कुलो मिसाएको छ। उक्त कुलोले क्षति गरेको उनको भनाइ छ। 

अहिले स्थानीयले उक्त २ किमी क्षेत्र भित्र कुलो आरसीसी ढलान गरेर मात्र कुलो संचालन गर्न माग गरेका छन। स्थानीय कुलो पिडीतले क्षती पुर्ती सहित सम्बन्धित सरोकारवालाहरुमा अनुरोध समेत गरेका छन्।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...