News Portal

समाचार प्रशारण गरेकै आधारमा पत्रकार लिम्बुलाई धम्की, असुक्षित महसूस

“पत्रकार लिम्बुद्वारा सम्बन्धित सबै निकायका ध्यानार्कषण!”

हिमालीसंचार संवाददाता
११९८० पटक

काठमाडौं – संचारकर्मी विश्व लिम्बु (युटुवर) लाई अभिनेत्री मिरुना मगर र भिक्षु फुर्वा तामाङको विषयमा समाचार प्रकाशन र प्रसारण गरेको विषयलाई लिएर अपरिचित व्यक्तिहरुबाट फोनमार्फत ‘मेरो अनलाइन टेलिभिजन’ कार्यालयको स्थान सोध्ने, समुहगत रुपबाट नै प्रत्यक्ष अप्रत्यक्ष धम्की आइरहेका कारण पत्रकार लिम्बुले आफु असुरक्षित महसुस गरेका बताएका छन् ।

पत्रकार लिम्बुले यस विषयमा राज्य, नेपाल प्रहरी, प्रेस काउन्सिल, पत्रकार महासंघ,  फोनिज र आफ्नो जातिय सर्वोच्च संस्था किरात याक्थुङ चुम्लुङ लगायतका सम्बन्धित सबै सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । 

मेरो अनलाइन टिभीका संस्थापक अध्यक्ष लिम्बुले सामाजिक संजाल फेसबुक पेज मार्फत समाचार प्रकाशन, प्रसारण गरेकै आधारमा तारान्तार अपरिचित व्यक्तिहरुबाट समुहगत रुपमा आफुलाई अनावश्यक प्रश्न गरिरहेको बताएका छन् 

उनले फेसबुकमा लेखेका छन् “अभिनेत्री मिरुना मगर र भिझु प्रकरणमा समाचार प्रकाशन, प्रशारण गरैकै आधारमा ज्यान असुरक्षित भएको महसूस गरिरहेको छु । अपरिचित ब्यक्तिहरुबाट फोनमार्फत अफिसको लोकेशन सोध्ने, बिभिन्न समूहबाट मेरो नाम नै लिएर प्रत्यक्ष, अप्रत्यक्ष तवरले धम्की दिइएको अवस्था छ । राज्य, प्रहरी, प्रेस काउन्सिल,पत्रकार महासंघ ,फोनिज,  कियाचु लगायत सबै सरोकारवाला निकायको ध्यानाकर्षण गराउन चाहान्छु।”

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...