News Portal

खोटाङमा बालेन शाहको जीत-हारको विषयमा खशीको बाजी राख्ने पक्राउ

हिमालीसंचार संवाददाता
६५७ पटक

खोटाङ – काठमाडौंका मेयर पदका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (बालेन)को जीत-हारको विषयमा खोटाङमा खशी बाजी राख्ने खोटाङका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका विजय फुयाल र रमेश खड्का सोमबार पक्राउ परेका हुन्।

यस सम्पन्धि समाचार हिमालीसंचारडटकमले सम्प्रेशन गरेको थियो। यस्तो बाजी राख्नु गैरकानुनी भएकाले पक्राउ गरिएको खोटाङ जिल्लाका प्रहरी नायव उपरीक्षक उमेश लम्सालले हिमालीसंचारडटकमसंग बताए।

काठमाडौका मेयव पदका स्वतन्त्र उम्मेदवार शाहले चुनाव जिते फुयाललाई खड्काले २८ किलोको खशी दिनुपर्ने र चुनावमा शाह पराजित भए फुयालले २८ किलोकै खशी खड्कालाई तिर्नुपर्ने भन्ने बारेमा दुवै पक्षले गरेको तमसुक बाहिरिएसंगै हिमालीसंचारडटकमले समाचार संप्रेशन गरेको थियो।

उनीहरुले यदि खसी दिन नसकेमा त्यति किलोको खसीको मूल्य दिनुपर्ने तमसुकमा उल्लेख गरिएको छ। दिक्तेलस्थित राजन दुलालको घरमा बसेर स्थानीय दिनेश आचार्य, सुमन बास्तोला र सरोज खतिवडाको रोहबरमा उनीहरूले बाजी राखेका थिए।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...