News Portal

खोटाङमा बालेन शाहको जीत-हारको विषयमा खशीको बाजी राख्ने पक्राउ

हिमालीसंचार संवाददाता
५२७ पटक

खोटाङ – काठमाडौंका मेयर पदका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (बालेन)को जीत-हारको विषयमा खोटाङमा खशी बाजी राख्ने खोटाङका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका विजय फुयाल र रमेश खड्का सोमबार पक्राउ परेका हुन्।

यस सम्पन्धि समाचार हिमालीसंचारडटकमले सम्प्रेशन गरेको थियो। यस्तो बाजी राख्नु गैरकानुनी भएकाले पक्राउ गरिएको खोटाङ जिल्लाका प्रहरी नायव उपरीक्षक उमेश लम्सालले हिमालीसंचारडटकमसंग बताए।

काठमाडौका मेयव पदका स्वतन्त्र उम्मेदवार शाहले चुनाव जिते फुयाललाई खड्काले २८ किलोको खशी दिनुपर्ने र चुनावमा शाह पराजित भए फुयालले २८ किलोकै खशी खड्कालाई तिर्नुपर्ने भन्ने बारेमा दुवै पक्षले गरेको तमसुक बाहिरिएसंगै हिमालीसंचारडटकमले समाचार संप्रेशन गरेको थियो।

उनीहरुले यदि खसी दिन नसकेमा त्यति किलोको खसीको मूल्य दिनुपर्ने तमसुकमा उल्लेख गरिएको छ। दिक्तेलस्थित राजन दुलालको घरमा बसेर स्थानीय दिनेश आचार्य, सुमन बास्तोला र सरोज खतिवडाको रोहबरमा उनीहरूले बाजी राखेका थिए।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...