News Portal

स्वास्थ्य सन्दर्भः के तपाईलाई थाहा छ भिन्डी खाँदा हुने फाइदाहरु ?

हिमालीसंचार संवाददाता
८४५ पटक

काठमाडौं। भिन्डीमा प्रशस्त मात्रामा फाइबर पाइन्छ। यो राम्रोसँग पच्छ र यसले पाचन प्रक्रियालाई पनि बलियो बनाउँछ। तसर्थ भिन्डीको निम्नानुसारका फाइदाहरु गर्छ:-

भिन्डी खानाले शरीरमा सुगरको मात्रा नियन्त्रित अवस्थामा रहन्छ। मधुमेहका रोगीलाई यो लाभदायक हुन्छ। गर्भवती महिलाले भिन्डी खानाले भ्रूणको दिमागको विकास राम्रो हुन्छ। साथै, भिन्डी खाँदा गर्भ तुहिने जोखिम पनि घट्छ। भिन्डीमा भिटामिन–के र फोलेट्स पाइन्छन्, जसले रगत जम्नबाट रोक्छन् र हड्डी बलियो बनाउने गर्छन्। भिन्डीमा पाइने भिटामिन–सीलगायत तत्वले दमको असर कम गर्छ।

आयुर्वेदका अनुसार भिन्डीको फूल र पातलाई श्वासप्रश्वास सम्बन्धी रोग निको पार्न प्रयोग गरिन्छ। वैद्यको परामर्शमा भिन्डीको फूल र पातलाई ब्रोङ्काइटिस र निमोनियाको उपचार गर्ने गरी प्रयोग गर्न सकिन्छ। भिन्डीमा पाइने फाइबरले कब्जियतको समस्या कम गर्छ। भिन्डी खानाले क्या’न्सरको जोखिम घट्छ। भिन्डी खाइरहने गर्दा आन्द्रा, कोलोन–रेक्टल क्यान्सर लाग्ने सम्भावना कम हुन्छ।

भिन्डीमा क्यालोरी कम पाइन्छ, जसले गर्दा यो मोटाउने समस्या भएकाहरूका लागि लाभदायक हुन्छ। भिन्डीमा सोल्युबल फाइबर पेक्टिन पाइन्छ, जसले शरीरमा खराब खालका कोलेस्टेरोलको मात्रालाई कम गरिदिन्छ। भिन्डीमा अक्सिडेन्ट्स, भिटामिन–सी, म्याग्नेसियम, क्याल्सियम, आइरनजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन्, जसले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँछन्।

आँखा धमिलो देख्नेका लागि पनि भिन्डीको तरकारी खानु लाभदायक हुन्छ। रगतमा हेमोग्लोबिनको मात्रा कम छ र रेड ब्लड सेल आवश्यक मात्रामा छैन भने भिन्डी खाइरहने गर्नुपर्छ। भिन्डीमा क्षार तत्व पाइन्छ, जसले अल्सरको असरलाई कम गर्न मद्दत पुर्याउँछ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...