News Portal

स्वास्थ्य सन्दर्भः के तपाईलाई थाहा छ भिन्डी खाँदा हुने फाइदाहरु ?

हिमालीसंचार संवाददाता
७१५ पटक

काठमाडौं। भिन्डीमा प्रशस्त मात्रामा फाइबर पाइन्छ। यो राम्रोसँग पच्छ र यसले पाचन प्रक्रियालाई पनि बलियो बनाउँछ। तसर्थ भिन्डीको निम्नानुसारका फाइदाहरु गर्छ:-

भिन्डी खानाले शरीरमा सुगरको मात्रा नियन्त्रित अवस्थामा रहन्छ। मधुमेहका रोगीलाई यो लाभदायक हुन्छ। गर्भवती महिलाले भिन्डी खानाले भ्रूणको दिमागको विकास राम्रो हुन्छ। साथै, भिन्डी खाँदा गर्भ तुहिने जोखिम पनि घट्छ। भिन्डीमा भिटामिन–के र फोलेट्स पाइन्छन्, जसले रगत जम्नबाट रोक्छन् र हड्डी बलियो बनाउने गर्छन्। भिन्डीमा पाइने भिटामिन–सीलगायत तत्वले दमको असर कम गर्छ।

आयुर्वेदका अनुसार भिन्डीको फूल र पातलाई श्वासप्रश्वास सम्बन्धी रोग निको पार्न प्रयोग गरिन्छ। वैद्यको परामर्शमा भिन्डीको फूल र पातलाई ब्रोङ्काइटिस र निमोनियाको उपचार गर्ने गरी प्रयोग गर्न सकिन्छ। भिन्डीमा पाइने फाइबरले कब्जियतको समस्या कम गर्छ। भिन्डी खानाले क्या’न्सरको जोखिम घट्छ। भिन्डी खाइरहने गर्दा आन्द्रा, कोलोन–रेक्टल क्यान्सर लाग्ने सम्भावना कम हुन्छ।

भिन्डीमा क्यालोरी कम पाइन्छ, जसले गर्दा यो मोटाउने समस्या भएकाहरूका लागि लाभदायक हुन्छ। भिन्डीमा सोल्युबल फाइबर पेक्टिन पाइन्छ, जसले शरीरमा खराब खालका कोलेस्टेरोलको मात्रालाई कम गरिदिन्छ। भिन्डीमा अक्सिडेन्ट्स, भिटामिन–सी, म्याग्नेसियम, क्याल्सियम, आइरनजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन्, जसले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँछन्।

आँखा धमिलो देख्नेका लागि पनि भिन्डीको तरकारी खानु लाभदायक हुन्छ। रगतमा हेमोग्लोबिनको मात्रा कम छ र रेड ब्लड सेल आवश्यक मात्रामा छैन भने भिन्डी खाइरहने गर्नुपर्छ। भिन्डीमा क्षार तत्व पाइन्छ, जसले अल्सरको असरलाई कम गर्न मद्दत पुर्याउँछ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...