News Portal

गैर आवासीय नेपाली संघ कुवेतले डिसेम्बर २४ मा भलिबल प्रतियोगिताको आयोजना गर्दै

हिमालीसंचार संवाददाता
४१३ पटक

कुवेत – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आयोजनामा अंग्रेजी नयाँ वर्षको आगमनलाई स्वागत गर्दै यहि डिसेम्बर २४, २०२१ का दिन फाहहिल स्पोर्ट्स क्लबमा अन्तर नेपाली भलिबल प्रतिगोगिता हुने भएको छ।

उक्त भलिबल प्रतियोगिता संघकै युवा संयोजक नवराज पराजुलीको संयोजकत्वमा अन्तिम तयारीमा पुगेको संघले जनाएको छ। नेपाली राजदूतावास कुवेतका महामहिम राजदुत दुर्गाप्रसाद भण्डारीको प्रमुख आतिथ्यतासंगै कुवेतमा क्रुयाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगाएत कुवेतलाई कर्मभुमी बनाई कुवेतमा कार्यरत नेपाली दाजुभाई दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहने प्रवक्ता केसर घलानले बताएका छन।

फहाहिल नेपालीहरुको बाक्लो बस्ती भएको र टाढा टाढाबाट आउनलाई पनि साझा बसको अत्यन्तै राम्रो सुविधा भएको कारण पनि बढी दर्शकहरू उपस्थित हुन सक्ने छन।

प्रतियोगितामा प्रथम पुरस्कार नगद २०१ कुवेती दिनार, ट्रफी र प्रमाणपत्र र मेडल, दोश्रो पुरस्कार १२५ कुवेती दिनार, ट्रफी, मेडल र प्रमाणपत्र, तेस्रो पुरस्कार प्रमाणपत्र, ट्रोफी र मेडल, सर्बोत्कृष्ट खेलाडीलाई नगद २५ कुवेती दिनार, ट्रफी र प्रमाणपत्र सर्बोत्कृष्ट स्पाइकरलाई नगद २५ कुवेती दिनार, ट्रोफी र प्रमाणपत्र प्रदान गरिनेछ।

गैरआवसीय नेपाली संघले पछिल्लो कार्यकालमा नै भलिबलको आयोजना गर्न सम्पुर्ण तयारी सकेपनी कोरोनाका कारण खेल गराउन सकेको थिएन।

कोरोना भाइरसको महामारी सामन्य हुने बित्तिकै २०२१ मा अन्तर नेपाली भलिबल प्रतियोगिता र २०२२ मा अन्तर नेपालि फुटबल प्रतियोगिता सम्पन्न गर्ने उदेश्य सहित आयोजना गर्न लागेको कार्यक्रमका संयोजक नबराज पराजुलिले बताएको छन। उनले उक्त दिन कार्यक्रम नजुधाई दिनुहुन र कार्यक्रममा उपस्थित हुनुभई कार्यक्रमको शोभा बढाइदिन सबैमा अनुरोधसमेत गरेका छन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...