News Portal

गैर आवासीय नेपाली संघ कुवेतले डिसेम्बर २४ मा भलिबल प्रतियोगिताको आयोजना गर्दै

हिमालीसंचार संवाददाता
४५७ पटक

कुवेत – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आयोजनामा अंग्रेजी नयाँ वर्षको आगमनलाई स्वागत गर्दै यहि डिसेम्बर २४, २०२१ का दिन फाहहिल स्पोर्ट्स क्लबमा अन्तर नेपाली भलिबल प्रतिगोगिता हुने भएको छ।

उक्त भलिबल प्रतियोगिता संघकै युवा संयोजक नवराज पराजुलीको संयोजकत्वमा अन्तिम तयारीमा पुगेको संघले जनाएको छ। नेपाली राजदूतावास कुवेतका महामहिम राजदुत दुर्गाप्रसाद भण्डारीको प्रमुख आतिथ्यतासंगै कुवेतमा क्रुयाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगाएत कुवेतलाई कर्मभुमी बनाई कुवेतमा कार्यरत नेपाली दाजुभाई दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहने प्रवक्ता केसर घलानले बताएका छन।

फहाहिल नेपालीहरुको बाक्लो बस्ती भएको र टाढा टाढाबाट आउनलाई पनि साझा बसको अत्यन्तै राम्रो सुविधा भएको कारण पनि बढी दर्शकहरू उपस्थित हुन सक्ने छन।

प्रतियोगितामा प्रथम पुरस्कार नगद २०१ कुवेती दिनार, ट्रफी र प्रमाणपत्र र मेडल, दोश्रो पुरस्कार १२५ कुवेती दिनार, ट्रफी, मेडल र प्रमाणपत्र, तेस्रो पुरस्कार प्रमाणपत्र, ट्रोफी र मेडल, सर्बोत्कृष्ट खेलाडीलाई नगद २५ कुवेती दिनार, ट्रफी र प्रमाणपत्र सर्बोत्कृष्ट स्पाइकरलाई नगद २५ कुवेती दिनार, ट्रोफी र प्रमाणपत्र प्रदान गरिनेछ।

गैरआवसीय नेपाली संघले पछिल्लो कार्यकालमा नै भलिबलको आयोजना गर्न सम्पुर्ण तयारी सकेपनी कोरोनाका कारण खेल गराउन सकेको थिएन।

कोरोना भाइरसको महामारी सामन्य हुने बित्तिकै २०२१ मा अन्तर नेपाली भलिबल प्रतियोगिता र २०२२ मा अन्तर नेपालि फुटबल प्रतियोगिता सम्पन्न गर्ने उदेश्य सहित आयोजना गर्न लागेको कार्यक्रमका संयोजक नबराज पराजुलिले बताएको छन। उनले उक्त दिन कार्यक्रम नजुधाई दिनुहुन र कार्यक्रममा उपस्थित हुनुभई कार्यक्रमको शोभा बढाइदिन सबैमा अनुरोधसमेत गरेका छन।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...