News Portal

वैदेशिक रोजगारी व्यवस्थित गर्नेबारे श्रममन्त्रीसँग संसदीय समितिमा छलफल

हिमालीसंचार संवाददाता
३२४ पटक

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठसँग प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगारीमा देखिएको समस्या र समाधानबारे छलफल गरेको छ।

मन्त्री श्रेष्ठलाई बधाइ तथा शुभकामनादिन संसदीय समितिले आयोजना गरेको कार्यक्रममा वैदेशिक रोजगारी र आन्तरिक श्रम बजारलाई व्यवस्थित गर्नेबारे छलफल भएको हो।

फ्रि भिसा र फ्रि टिकट कार्यान्यवन नहुँदा भइरहेको ठगी, भिजिट भिसाको नाममा अवैध बाटोबाट विदेश लैजाने प्रवृति, अवैध बाटोबाट गएका घरेलु कामदारको समस्याका साथै बेरोजगारी समस्या समाधानबारे समितिका सदस्यहरुले चासो राख्नुभएको थियो।

मन्त्री श्रेष्ठले विचौलियाहरूको ठगी अन्त्य गरेर वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाइने बताउनुभयो। मन्त्री श्रेष्ठले राम्रो गन्तव्यमा नेपाली कामदार पठाउन सरकारले पहल गरिरहेको जानकारी दिनुभयो। उहाँले सरकारले बेलायतमा फाष्ट ट्याकबाट १० हजार नर्स पठाउन औपचारिक पहलसुरु गरेको जानकारी बताउनुभयो।

सीप सिकाएर राम्रा गन्तव्य मुलुकमा श्रमिक लैजाने गरी तयारी अघि बढेको उहाँले बताउनुभयो। दक्षिण कोरियामा कोरोनाका कारण रोकिएका कामदार पठाउन सुरु गरिएको भन्दै उहाँले आगामी जनवरीसम्म ६ सय जना कामदार पठाइने बताउनुभयो।

इजरायलमा रोजगारीका लागि भाषा परीक्षा पास गरेका कामदारको स्वास्थ्य तथा पुलिस रिपोर्टसम्वन्धी काम सकिएर प्रशासनिक काम मात्र बांकी रहेकोले छिट्टै इजरायल पठाइने बताउनुभयो।

मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमले वैदेशिक रोजगारीकोनयाँ गन्तव्य खाजी भइरहेको बताउनुहुँदै बिभिन्न रोजगारदाता देशसँग श्रम सम्झौता र नविकरणको तयारी भइरहेको बताउनुभयो। प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको सदस्य समेत रहुनभएका मन्त्री श्रेष्ठलाई समितिमा बधाइ ज्ञापन गरिएको थियो।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...