News Portal

शिक्षक तथा कर्मचारी सहभागी राजनीतिक दलको महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता नदिने

हिमालीसंचार संवाददाता
३०१ पटक

काठमाडौँ। निर्वाचन आयोगले शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई सहभागी गराएर राजनीतिक दलहरुले गरेको महाधिवेशनलाई मान्यता नदिने निर्णय गरेको छ। सबै जसो दलले महाधिवेशनका क्रममा अवस्थामा शिक्षक तथा प्राध्यापकसमेत सक्रिय राजनीतिमा सहभागी भएको गुनासो बढेपछि आयोगले त्यसरी गरिएको महाधिवेशनलाई अद्यावधिक नगर्ने भएको हो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार दलहरुलाई शिक्षक सहभागी गराएर अधिवेशन नगर्न भनिएको यदि गरेमा राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ अनुसार अद्यावधिक हुनेछैन।

आयोगको निर्णयमा भनिएको, ‘निर्देशन बमोजिम नगरी दलको सदस्यता वितरण र पदाधिकारी चयन गरिएको पाइएमा सम्बन्धित दलका त्यस्ता पदाधिकारीहरूको विवरण आयोगबाट राजनीतिक दल सम्बन्धी ऐन,२०७३ को दफा ५१ बमोजिम अद्यावधिक नहुने व्यहोरा समेत सम्पूर्ण दलहरूलाई जानकारी गराउने।’ सार्वजनिक पदमा बाहल रहेको व्यक्तिसमेत उल्लेख भएर दलको आधिकारिक विवरणमा आएमा त्यसलाई हटाइने आयोगले जनाएको छ।

आयोगले भनेको छ, ‘आयोगमा दर्ता रहेका राजनीतिक दलबाट दलको प्रदेश समिति तथा जिल्ला समितिमा रहने पदाधिकारी तथा सदस्यको विवरण प्रदेश वा, जिल्ला निर्वाचन कार्यालयमा राख्नुपर्ने भएकोले उक्त विवरण प्राप्त हुँदाका बखत त्यस्ता समितिमा खण्ड (क) बमोजिम सार्वजनिक पदमा बहाल रहेका व्यक्ति समावेश भएको पाइएमा त्यस्ता व्यक्तिको नाम पदाधिकारी तथा सदस्यको सूचीबाट हटाउन प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयले सम्बन्धित दललाई लेखी पठाई आयोगलाई जानकारी दिन निर्देशन दिने।’

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ५ गतेको राशिफल

आज चैत ५, २०८२ ( मार्च १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाका सभापतिले राई–लिम्बू समुदायको प्रतिनिधित्वमा खेद व्यक्त गरे

काठमाडौं, ४ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट...

खोटाङमा हेलिकप्टर दुर्घटना, एक जना घाइते

खोटाङ, चैत ४ — एयर डाइनेस्टीको ९एन-एएफक्यू हेलिकप्टर बुधबार खोटाङको केपिलासगढी गाउँपालिका–२, बालाबेसीमा दुर्घटनाग्रस्त भएको...

प्रधानमन्त्रीको नेतृत्वको प्रशंसा गर्दै प्रचण्डले भने– निर्वाचन नहुँदा देश संकटमा पर्थ्यो

काठमाडौं, ४ चैत — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै प्रमुख राजनीतिक...

सहयोगको अपिल: एकै परिवारका तीन सदस्य बिरामी, उपचार खर्च जुटाउन समस्या

रबिन्द्र बराल/ मोरङ, चैत ४ – मोरङको सुनबर्सी नगरपालिका–६, पटियापाडा स्थित पासवान टोलमा विगत ३० वर्षदेखि...