News Portal

  • शिक्षक तथा कर्मचारी सहभागी राजनीतिक दलको महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता नदिने

    हिमालीसंचार संवाददाता
    २६३ पटक

    काठमाडौँ। निर्वाचन आयोगले शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई सहभागी गराएर राजनीतिक दलहरुले गरेको महाधिवेशनलाई मान्यता नदिने निर्णय गरेको छ। सबै जसो दलले महाधिवेशनका क्रममा अवस्थामा शिक्षक तथा प्राध्यापकसमेत सक्रिय राजनीतिमा सहभागी भएको गुनासो बढेपछि आयोगले त्यसरी गरिएको महाधिवेशनलाई अद्यावधिक नगर्ने भएको हो।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार दलहरुलाई शिक्षक सहभागी गराएर अधिवेशन नगर्न भनिएको यदि गरेमा राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ अनुसार अद्यावधिक हुनेछैन।

    आयोगको निर्णयमा भनिएको, ‘निर्देशन बमोजिम नगरी दलको सदस्यता वितरण र पदाधिकारी चयन गरिएको पाइएमा सम्बन्धित दलका त्यस्ता पदाधिकारीहरूको विवरण आयोगबाट राजनीतिक दल सम्बन्धी ऐन,२०७३ को दफा ५१ बमोजिम अद्यावधिक नहुने व्यहोरा समेत सम्पूर्ण दलहरूलाई जानकारी गराउने।’ सार्वजनिक पदमा बाहल रहेको व्यक्तिसमेत उल्लेख भएर दलको आधिकारिक विवरणमा आएमा त्यसलाई हटाइने आयोगले जनाएको छ।

    आयोगले भनेको छ, ‘आयोगमा दर्ता रहेका राजनीतिक दलबाट दलको प्रदेश समिति तथा जिल्ला समितिमा रहने पदाधिकारी तथा सदस्यको विवरण प्रदेश वा, जिल्ला निर्वाचन कार्यालयमा राख्नुपर्ने भएकोले उक्त विवरण प्राप्त हुँदाका बखत त्यस्ता समितिमा खण्ड (क) बमोजिम सार्वजनिक पदमा बहाल रहेका व्यक्ति समावेश भएको पाइएमा त्यस्ता व्यक्तिको नाम पदाधिकारी तथा सदस्यको सूचीबाट हटाउन प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयले सम्बन्धित दललाई लेखी पठाई आयोगलाई जानकारी दिन निर्देशन दिने।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    मन्त्री घिसिङ: यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर

    काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार...

    संविधानमै संस्थागत भए पुग्छ, जीवनभर जेलमा बस्न पनि तयार छु

    काठमाडौँ, कार्तिक १८ — जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले आफ्नो अटूट प्रतिबद्धता व्यक्त गर्दै...

    निकोलस भूसाल गोरखाबाट पक्राउ

    काठमाडौँ, १८ कात्तिक २०८२ – प्रहरीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट निकोलस भूसाललाई पक्राउ गरेको...

    राप्रपा असन्तुष्ट पक्षले नेतृत्वप्रति प्रश्न उठायो

    काठमाडौं, १८ कार्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति...