News Portal

  • मलेसियाको जेलमा रहेका पुर्णबहादुरलाई नेपाल फर्काउन सहयोगको अपिल

    हिमालीसंचार संवाददाता
    ५४८ पटक

    खोटाङ – खोटाङ जिल्ला केपिलासगढी पालिका वडा नं.-७ सुङदेलका एक युवा मानसिक सन्तुलन गुमाएपछि मलेसियाको एक जेलमा रहेका पूर्णबहदुर राईलाई नेपाल फर्काउन परिवारले सहयोग अपिल गरिएका छन्।

    खोटाङ जिल्ला केपिलासगढी गाउपालिका वडा नं. ७ सुङदेल साविक सुङदेल गाविस वडा नं. ३ स्थायी बसोबास गर्ने सेरबहादुर राईको नाती रणबहादुर राईको छोरा ना.प्र.नं. ५७० भएको पूर्णबहादुर राई बैदेशिक रोजगारीका लागि विगत ४ बर्ष अधि मलेसियामा थिए। 

    एकासी मानसिक संतुलन मन्द भई सम्पर्क विहिन भएका राई नेपाल फर्काउने तयारी भईरहेको थियो। उनलाई स्थानीय प्रहरीले विना अनुमति स्थानीयको घर भित्र छिरेको अभियोगमा नियन्त्रणमा लिएको बुझिएको छ।

    गत २२ अगस्ट २०२१ देखि मलेसिया स्थित सनगोगाई कारागारमा बन्दि रहेको हुदा नीजको आर्थिक अबस्था कमजोर भएको हुदा निज पुर्णबहादुर राईलाई स्वदेश फिर्ता ल्याउन आवश्यक रकम लाग्ने भएको हुनाले स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण सुङदेलबासी तथा नेपाली दाजुभाई तथा दिदि बहिनीहरुले आर्थिक तथा आवश्यक सहयोग गरिदिन हुन वडाध्यक्ष तेजकुमार राईद्वारा हस्ताक्षरित अपील पत्रमा अनुरोध गरिएको छ।

    मलेसियाको एक सुरक्षा कम्पनीमा कार्यरत पुर्णबहादुर राई एकासी मानसिक संतुलन गुमाएपछि कार्यरत कम्पनीको नियन्त्रण भन्दा बाहिर गएपछि सम्पर्क विहिन भएका थिए। मलेसियामा गठीत विभिन्न सामाजिक संस्थाहरुको पहलपछि भेटिएका राई अहिले मलेसियाको एक जेलमा रहेका छन्। परिवारको आर्थिक अवस्था ज्यादै न्यून रहेको कारण मलेसियाको जेलमा रहेका पुर्ण बहादुर राईलाई नेपाल फर्काउन परिवारले आर्थिक एवम् आवश्यक सहयोग गरिदिन अनुरोध गरेको छ।

    पूर्णबहादुर राईको परिवारमा एक श्रीमती एक छोरा र एक छोरी रहेका छन। सहयोग गर्नका लागि राईको श्रीमती ममता राईको सम्पर्क नम्बर ९७४२४२५७७१ वा दाजु गंगाबहादुर राईको सम्पर्क नम्बरमा ९८४८९४३३७६ सम्पर्क गरेर आवश्यक सहयोग गर्न सकिने परिवार श्रोतले अनुरोध गरेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    अफगानिस्तानमा भूकम्प, मृतक संख्या ८१२ पुग्यो

    काठमाडौं, भदौ १६ – अफगानिस्तानको पूर्वी भागमा गएको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको छ।...

    रास्वपाको मतपरिणाम किन गोप्य?

    काठमाडौँ, भदौ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को उपनिर्वाचनका लागि डा. लेखजंग...

    लेखकको स्पष्ट भनाइ: नेपाल–भारत–चीन सम्बन्धमा भूभाग विषयमा प्रष्टता

    वीरगन्ज, भदौ १६ – गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग भएको स्पष्ट...

    रास्वपाबाट थापाको उम्मेदवारी, पत्रकार सम्मेलन आज दिउँसो

    काठमाडौं, भदौ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ निर्वाचन क्षेत्रका लागि डा. लेखजंग...

    उदयपुरमा प्रधानाध्यापकद्वारा बालिकामाथि बलात्कार, आरोपी पक्राउ

    उदयपुर, भदौ १६ – आफ्नै विद्यालयमा अध्ययनरत १४ वर्षीया छात्रामाथि बलात्कार गरेको आरोपमा एक बोर्डिङ...