News Portal

प्रधानमन्त्री देउबालाई नङ्ग्याउन खोज्दा आफै आलोचित “नयाँ पत्रिका”

हिमालीसंचार संवाददाता
२९९ पटक

काठमाडौं।
माओवादी केन्द्र समर्थक भनेर आरोप खेप्दै आएको नयाँ पत्रिका दैनिकको अनलाइन संस्करणले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध हुँदै नभएको मनगढन्ते समाचार सम्प्रेषण गरेपछि आलोचना भएको छ।

कञ्चनपुर जिल्लाको दोधाराचाँदनी नगरपालिका- ९ स्थित अम्बिका माविमा आयोजित कार्यक्रममा देउवाले गर्दै नगरेको आरोप लगाएर नयाँ पत्रिका दैनिकको अनलाइन संस्करणले समाचार सम्प्रेषण गरेपछि आलोचना भएको हो। शुक्रबार बिहानै देउवाले अम्बिाका माविको कार्यक्रमलाई सम्बोधन गरेका थिए।

रिपोर्टिङ गरिरहेका स्थानीय पत्रकारहरूलाई एक जना व्यक्तिले हटाउन खोजेपछि माइकबाट सम्बोधन गरिरहेका देउवाले ती व्यक्तिलाई ‘भाई तपाई बस्नुस्’ भनेका थिए। ती युवकले अटेर गरेपछि देउवाले पुनः ‘तपाई बढी बोल्दै हुनुहुन्छ’ भनेका थिए।

रिपोर्टिङमा रहेकी स्थानीय पत्रकार दुर्गा उपाध्यायले फेसबुकमा स्टाटस लेखेर नयाँ पत्रिका दैनिक अनलाइनको समाचारप्रति व्याङ्ग्य गरेकी छिन्। उपाध्यायले नयाँ पत्रिका दैनिकको अनलाइन संस्करणको समाचारलाई कोठे पत्रकारिता भनेर टिप्पणी गरेकी छिन्। उनको यो स्टाटसले नयाँ पत्रिका दैनिक नाङ्गिएको छ।

उनले लेखेकी छिन्, ‘यो समाचार कहाँ बसेर वा रिपोर्टिङ गरेर लेखियो थाहा छैन। तर, प्रधानमन्त्रीले पीडितलाई हप्काएका होइनन्।’ ‘प्रधानमन्त्रीले सम्बोधन गरिरहेका बेला माइक नजिक पुगेर मिडियालाई साइड लगाउन खोजेका व्यक्तिलाई ‘भाइ तपाई बस्नुस्’ भन्दा अटेरी गरेपछि ‘तपाईं बढी बोल्दै हुनुहुन्छ’ भनेका हुन्’, पत्रकार उपाध्यायले लेखेकी छिन्। फिल्ड रिपोर्टिङ र कोठे रिपोर्टिङको फरक यहि हुन्छ होला’, नयाँ पत्रिका दैनिकको अनलाइन संस्करणको समाचारलाई सेयर गर्दै लेखेकी छिन्।

प्रधानमन्त्री देउवाविरुद्ध हुँदै नभएको समाचार पठाउने स्थानीय सम्वाददाता र समाचारको गाम्भीर्यतालाई ध्यान नदिने अनलाइनका सम्पादकलाई नयाँ पत्रिका दैनिकको व्यवस्थापनले कारबाही गर्छ वा गर्दैन जिज्ञासा उठेका छन्। कारबाही नगरे पनि नयाँ पत्रिका दैनिकले माफी माग्छ वा माग्दैन हेर्न बाँकी छ।

नयाँ पत्रिका दैनिकले आफूलाई सबैभन्दा अब्बल र एक नम्बर ठान्छ। उसले प्रकाशित गर्ने समाचारलाई सबैले सहि मान्छन्। यो अवस्थामा नयाँ पत्रिका दैनिक आफ्नो छविलाई कायम राख्न माफी माग्छ वा साना अनलाइनहरूले जस्तै कार्य गर्छ भविष्यले देखाउनेछ।

प्रधानमन्त्री देउवाको बोली बुझिदैन। देउवा कुनै पनि कार्यक्रममा थोरै बोल्छन्। अरु नेताले जस्तो दिक्क लाग्ने गरेर दर्शक, स्रोतालाई दुःख दिँदैनन्। प्रजातन्त्र प्राप्तिको आन्दोलनमा देउवाको जिब्रोमा तत्कालीन शासकहरूले करेन्ट लगाएर यातना दिएका कारण बोलेको प्रष्ट बुझिदैन। तर, देउवालाई मजाक बनाउनेहरू धेरै छन्।

हुन त एमालेबाट राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीले समेत सार्वजनिक कार्यक्रममा देउवाको अपमान गरेकी थिइन्। माओवादी केन्द्र समर्थक भनेर आरोप खेप्दै आएको नयाँ पत्रिका दैनिक र यसको अनलाइन संस्करणले देउवा वा नेपाली कांग्रेसको खेदो खन्नु र नभएको कुरालाई बढाएर प्रचार गर्नु स्वभाविक रहेको कांग्रेसका कार्यकर्ताहरूको टिप्पणी छ।

नयाँ पत्रिका दैनिकका मालिक कृष्णज्वाला देवकोटालाई माओवादी समर्थक भन्ने गरिन्छ। नयाँ पत्रिका दैनिकमा काम गर्ने अधिकांश पत्रकार र कर्मचारी कम्युनिस्ट समर्थक छन्। उमेश चौहान कार्यकारी सम्पादक रहँदासम्म नयाँ पत्रिका दैनिक र अनलाइनले होस गुमाएको थिएन। चौहानले छाड्नेवित्तिकै नयाँ पत्रिका दैनिक आफ्नो कम्युनिस्ट औकातमा झरिसकेको आरोप र चर्चा छ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...