News Portal

  • किरात राई यायोक्खा कतारको आठौं अधिवेशन सम्पन्न, अध्यक्षमा शंकरमान राई चयन

    हिमालीसंचार संवाददाता
    ३८३ पटक

    गजेन्द्र खालिङ/दोहा – किरात राई यायोक्खा शाखा कतारको आठौं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले किराया शाखा कतारको अध्यक्षमा शंकरमान राई सर्वसम्मत चयन गरेको छ।

    गत अक्टोबर १ तारिख शुक्रबारको दिन किरात राई यायोक्खा शाखा कतारको आठौं अधिवेशन २०७८ संस्थाका अध्यक्ष बिमल राईको सभापतित्वमा नेफिन कतारको अध्यक्ष पुरुषोतम सुनुवारको प्रमुख आतिथ्यमा दोहाको नज्मा स्थित सुन्दरबन रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको थियो ।

    उक्त कार्यक्रममा एनआरएनए एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तता मुसलमान, नेफिन कतारमा आवद्ध मातृ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु,अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, संस्थाका सल्लाहकार तथा पुर्वअध्यक्षहरु, कार्यसमिति, कलाकार लगायत कतारमा कार्यरत किरात राई दाजुभाई तथा दिदी बहिनिहरुको उपस्थितिमा सामाजिकदूरी कायम गर्दै उक्त कार्यक्रम सम्पन्न भएको हो।

    कार्यक्रमको खुल्लासत्रमा उपस्थित मातृ संस्थाका अध्यक्षहरु, एनसीसी कतारका अध्यक्ष मुसलमान, प्रमुख अतिथिको रुपमा उपस्थित नेफिन कतारका अध्यक्ष पुरुषोतम सुनुवार लगायतका बक्ताहरुले शुभकामना मन्तब्य राखेका थिए ।

    आयोजित सम्पन्न आठौं अधिवेशनको निर्वाचन समितिको संयोजक एकराज राईको समंयोजकत्वमा भएको निर्वाचन प्रकृयाबाट अध्यक्ष पदमा शंकरमान राई निर्विरोध निर्वाचित भएका हुन्। शंकरमान राई अध्यक्ष, सीता राई वरिष्ठ उपाध्यक्ष, गजेन्द्र राई प्रथम उपाध्यक्ष, राजकुमार राई द्वितीय उपाध्यक्ष, पुर्ण बहादुर राई महासचिव, राजु राई सचिव, जीवन राई कोषाध्यक्ष, दिल कुमार राई सह कोषाध्यक्ष, सुक्र कुमार राई संस्कृतिक संयोजक, आशा राई महिला विभाग संयोजक लगायत १३ जना सदस्य सहित २३ जनाको कार्यसमिति चयन गरिएको हो। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    मन्त्री घिसिङ: यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर

    काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार...

    संविधानमै संस्थागत भए पुग्छ, जीवनभर जेलमा बस्न पनि तयार छु

    काठमाडौँ, कार्तिक १८ — जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले आफ्नो अटूट प्रतिबद्धता व्यक्त गर्दै...

    निकोलस भूसाल गोरखाबाट पक्राउ

    काठमाडौँ, १८ कात्तिक २०८२ – प्रहरीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट निकोलस भूसाललाई पक्राउ गरेको...

    राप्रपा असन्तुष्ट पक्षले नेतृत्वप्रति प्रश्न उठायो

    काठमाडौं, १८ कार्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति...