News Portal

कोरोना कहरले आतंकित हङकङ, आज कोरोना संक्रमित संख्या शून्य

हिमालीसंचार संवाददाता
३५९ पटक

युवा राई/हङकङ – हङकङ सेन्टर फर हेल्थ प्रोटेक्शनले बिहिबार स्थानीय हङकङमा कोरोना संक्रमितको संख्या शून्यमा रहेको जनाएको छ।

हङकङमा ३ जना बाहिराबाट आएका कोरोना संक्रमित थपिएका भए पनी स्थानीय कोरोना संक्रमितको संख्या शून्य रहेको अधिकारीले जानकारी दिएको हो। अहिले सम्म हङकङमा कोरोना संक्रमितको कुल संख्या १२,२१८ रहेको छ। 

हङकङमा बाहिराबाट आएका कोरोना संक्रमितितहरुमा २ जना पुरुष मध्ये एक महिला फ्रान्सबाट अर्को एक पुरुष पाकिस्तानबाट हङकङ प्रवेश गरेकाहरुमा कोरोना पुष्टि फएको हो।

हङकङमा पछिल्लो १४ दिन भित्र ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यी सबै बाहिरबाट आएका संक्रमित हुन् । हङकङमा अहिलेसम्म कोरोना संक्रमित ६१ जनाको उपचार भइरहेको छ। आज ५ जना संक्रमित कोरोना संक्रमण मुक्त भएका छन्। उनीहरु स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भई घर फर्कीएका छन्। हङकङमा अहिले सम्ममा २१३ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...