News Portal

जम्मु-कश्मीरमा चरमपन्थीसँगको झडपमा भारतीय सुरक्षाकर्मीको मृत्यु

हिमालीसंचार संवाददाता
६०४ पटक

एजेन्सी।
भारतको जम्मु-कश्मीरको पुलवामा जिल्लामा बिहीबार रातिदेखि चरमपन्थीसँगको झडपमा एक भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ। जम्मु-कश्मीरका डीजीपी दिलबाग सिंहले समाचार एजेन्सी एएनआईसँग भनेका छन्, ‘हामीले सेनाका एक हवल्दार इन्काउन्टरको क्रममा गुमाएका छौं।

प्रहरी, सेना र सीआरपीएफको टोलीले अब आफ्नो अपरेसन अन्त्य गर्ने तयारी गरिरहेका छन्। अहिले खोजी कार्य चलिरहेको छ। पीटीआईका अनुसार पुलवामाको राजपोरा क्षेत्रस्थित हन्जन गाउँमा चरमपन्थीहरु रहेको सूचनाको आधारमा उनीहरुलाई घेरा हालेर खोजीकार्य सुरु भएको एक प्रहरी अधिकारीले बताएका छन्।

उनका अनुसार चरमपन्थी समूहले सुरक्षाकर्मीहरुमाथि गोली चलाएको थियो। चरमपन्थीको आक्रमणपछि भारतीय सुरक्षाकर्मीले जवाफी कारबाही सुरु गरेको दाबी गरेको छ। जसको कारण खोजी अभियान दोहोरो झडपमा परिणत भएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...