News Portal

हङकङमा प्रहरी माथी छुरा प्रहार, प्रहरी जवान गम्भीर धाईते, आक्रमणकारीको मृत्यु

हिमालीसंचार संवाददाता
४०७ पटक

युवा राई/हङकङ – हङकङको कजवे बेस्थित सोगो डिपार्टमेन्ट स्टोरछेउ ड्युटीमा रहेका प्रहरी जवान माथी विहीवार राति आक्रमण भएको छ।

आक्रमणकारीले पछाडिबाट छुरा प्रहार गर्दा ३० वर्षीय प्रहरी जवानको बाँया काँधमा गम्भीर चोट लागेको बताइएको छ।ती आक्रमणकारीले आफैंलाई पनि आत्मघाती आक्रमण गरेका छन्। उनले आफ्नै छातीमा छुरा प्रहार गरी गम्भीर हालतमा प्रहरीले पक्राउ परेका थिए। 

छातीमा गम्भीर चोट लागेका ५० वर्षीय आक्रमणकारीको रतनजी अस्पतालमा करीव सवा ११ बजे मृत घोषित गरिएको छ। घाइते प्रहरी जवानको क्वीन मेरी अस्पतालमा उपचार भइरहेको छ।

जुलाई १ तारिख हङकङको स्थापना दिवसको दिन विभिन्न ठाउंमा सरकार विरोधी प्रदर्शन हुंदा कजवे बेमा प्रहरीमाथि छुरा प्रहार भएको हो। प्रहरीले कजवे बे, टिन हाउ, मङ कोक र वोङ ताई सिनबाट कम्तीमा १९ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...