News Portal

हङकङमा प्रहरी माथी छुरा प्रहार, प्रहरी जवान गम्भीर धाईते, आक्रमणकारीको मृत्यु

हिमालीसंचार संवाददाता
४६३ पटक

युवा राई/हङकङ – हङकङको कजवे बेस्थित सोगो डिपार्टमेन्ट स्टोरछेउ ड्युटीमा रहेका प्रहरी जवान माथी विहीवार राति आक्रमण भएको छ।

आक्रमणकारीले पछाडिबाट छुरा प्रहार गर्दा ३० वर्षीय प्रहरी जवानको बाँया काँधमा गम्भीर चोट लागेको बताइएको छ।ती आक्रमणकारीले आफैंलाई पनि आत्मघाती आक्रमण गरेका छन्। उनले आफ्नै छातीमा छुरा प्रहार गरी गम्भीर हालतमा प्रहरीले पक्राउ परेका थिए। 

छातीमा गम्भीर चोट लागेका ५० वर्षीय आक्रमणकारीको रतनजी अस्पतालमा करीव सवा ११ बजे मृत घोषित गरिएको छ। घाइते प्रहरी जवानको क्वीन मेरी अस्पतालमा उपचार भइरहेको छ।

जुलाई १ तारिख हङकङको स्थापना दिवसको दिन विभिन्न ठाउंमा सरकार विरोधी प्रदर्शन हुंदा कजवे बेमा प्रहरीमाथि छुरा प्रहार भएको हो। प्रहरीले कजवे बे, टिन हाउ, मङ कोक र वोङ ताई सिनबाट कम्तीमा १९ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ।

प्रतिकृया दिनुहोस्

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...