News Portal

चीन पूरै देशलाई नै अन्तर्राष्ट्रिय ‘आइसोलेसन’मा राखिदिने अमेरिकाको चेतावनी

हिमालीसंचार संवाददाता
५१७ पटक

ऐजेन्सी – कोरोनाभाइरसको उत्पत्तिको विषयलाई लिएर चीन र पश्चिमा देशहरुबीच ठूलो विवाद चुलिएको छ। अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले चीनले कोरोनाभाइरस उत्तपत्तिबारे खोजी गर्न सहयोग नगरे अन्तर्राष्ट्रिय समुदायले चीन पूरै देशलाई नै अन्तर्राष्ट्रिय आइसोलेसनमा राखिदिने चेतावनी दिएका छन् ।

बेइजिङले यस मामिलामा सहयोग नगरे चीन विश्व समुदायबाट एक्लिएर अलग बस्नुपर्ने उनको भनाइ थियो । उनले थप भनेका छन्; “सहयोग नगरे चीनले विश्वव्यापी स्तरमा आइसोलेसन झेल्नुपर्नेछ।” फक्स न्यूजसँगको अन्तरवार्तामा सुलिभानले राष्ट्रपति जो बाइडेनको कदमलाई प्रशंशा गरे ।

बाइडेनले जी सेभेन सहयोगी नेताहरुसँग चीनमाथि कोरोनाभाइरसको उत्तपत्तिबारे राम्रोसँग जाँचको लागि दबाब बनाउन आग्रह गरेका थिए ।

कोरोनाभाइरसको पहिलो केस चीनको वुहान शहरमा भेटिएको थियो तर अहिलेसम्म यसको उत्पत्तिबारे रहस्य कायमै रहेको छ । सुलिभानले भने ‘यस हप्ता युरोपमा बाइडेनले पहिलो पटक कोभिड महामारीको विषयमा सबै देशलाई एकजुट बनाउनुभयो ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो गर्न सक्नुभएको थिएन । राष्ट्रपति बाइडेनले गरेर देखाउनुभयो । जी सेभेनका सबै सदस्य देशहरुले चीनविरुद्ध आवाज उठाए । चीनले कोरोना भाइरस जाँचका लागि अनुमति दिनुपर्छ ।’

प्रतिकृया दिनुहोस्

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...