News Portal

  • चीन पूरै देशलाई नै अन्तर्राष्ट्रिय ‘आइसोलेसन’मा राखिदिने अमेरिकाको चेतावनी

    हिमालीसंचार संवाददाता
    ४४४ पटक

    ऐजेन्सी – कोरोनाभाइरसको उत्पत्तिको विषयलाई लिएर चीन र पश्चिमा देशहरुबीच ठूलो विवाद चुलिएको छ। अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले चीनले कोरोनाभाइरस उत्तपत्तिबारे खोजी गर्न सहयोग नगरे अन्तर्राष्ट्रिय समुदायले चीन पूरै देशलाई नै अन्तर्राष्ट्रिय आइसोलेसनमा राखिदिने चेतावनी दिएका छन् ।

    बेइजिङले यस मामिलामा सहयोग नगरे चीन विश्व समुदायबाट एक्लिएर अलग बस्नुपर्ने उनको भनाइ थियो । उनले थप भनेका छन्; “सहयोग नगरे चीनले विश्वव्यापी स्तरमा आइसोलेसन झेल्नुपर्नेछ।” फक्स न्यूजसँगको अन्तरवार्तामा सुलिभानले राष्ट्रपति जो बाइडेनको कदमलाई प्रशंशा गरे ।

    बाइडेनले जी सेभेन सहयोगी नेताहरुसँग चीनमाथि कोरोनाभाइरसको उत्तपत्तिबारे राम्रोसँग जाँचको लागि दबाब बनाउन आग्रह गरेका थिए ।

    कोरोनाभाइरसको पहिलो केस चीनको वुहान शहरमा भेटिएको थियो तर अहिलेसम्म यसको उत्पत्तिबारे रहस्य कायमै रहेको छ । सुलिभानले भने ‘यस हप्ता युरोपमा बाइडेनले पहिलो पटक कोभिड महामारीको विषयमा सबै देशलाई एकजुट बनाउनुभयो ।

    पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो गर्न सक्नुभएको थिएन । राष्ट्रपति बाइडेनले गरेर देखाउनुभयो । जी सेभेनका सबै सदस्य देशहरुले चीनविरुद्ध आवाज उठाए । चीनले कोरोना भाइरस जाँचका लागि अनुमति दिनुपर्छ ।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मेयर साहले गृहमन्त्री हटाउन भेटे प्रधानमन्त्री

    काठमाडौं, कार्तिक ११ — काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग निकट युवा समूहले गृहमन्त्री ओमप्रकाश अर्याललाई...

    जापानमा निश्चित सिपयुक्त श्रमिक पठाउन मागपत्र प्रमाणीकरण सुरु

    काठमाडौं, कात्तिक ११ – जापानमा निश्चित सिपयुक्त श्रमिक (एसएसडब्लू) पठाउन मागपत्र प्रमाणीकरण सुरु भएको छ। जापानस्थित...

    जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई नयाँ दल दर्ता

    काठमाडौं, कात्तिक ११ – जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई नयाँ राजनीतिक दल दर्ता भएका छन्।...

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिँड्दै, सिंगापुरमा ह्विलचियरमा देउवा दम्पती

    काठमाडौँ, कार्तिक ११ — जेनजी आन्दोलनका क्रममा घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार...

    आज २०८२ साल कार्तिक ११ गतेको राशिफल

    आज कार्तिक ११, २०८२ (अक्टोबर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...