News Portal

नेपाली दूतावास, एनआरएन मकाउको संयुक्त आयोजनामा एक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
१०३६ पटक

मकाउ – नेपाली महावाणिज्य दूतावास हङकङ तथा मकाउ एवम् गैर आवासीय नेपाली संघ मकाउको संयुक्त आयोजनामा मकाउको स्थानीय प्रचलित नियम-कानून विषयमा जानकारी मुलक एक सेमिनार कार्यक्रम सम्पन्न गरेको छ।

मकाउमा कार्यरत नेपाली समुदायका लागि स्थानीय नियम-कानून सम्बन्धि जानकारी मुलक उक्त कार्यक्रमका लागि स्थानीय अधिवक्ता ब्रुनो नुनेस’ले मकाउ स्थित होलिडे इन होटलमा करिब १ धण्टा २० मिनेट लामो समय मकाउका प्रचलित कानून श्रम गर्ने श्रमिकहरुका अधिकार, मकाउका सार्वजनिक नियम-कानून विषयमा विशेष जानकारी दिएका थिए। 

मकाउमा कार्यरत नेपाली समुदायहरुले कुनै जटिल परिस्थितिहरुको सामना गर्न नपरोस भन्ने उदेश्यले स्थानीय नियमको विषयमा जानकारी मुलक अन्तरक्रियात्मक कार्यक्रम गरिएको गैर आवासीय नेपाली संधका अध्यक्ष पूर्ण बहादुर गुरुङले हिमालीसंचार डटकमसंगको कुराकानीमा जानकारी दिए। 

संघका अध्यक्ष गुरुङका अनुसार; हामी जुन देशमा श्रम गरिरहेका छौ, ती देशको नियम बुझ्न नितान्त जरुरी रहेकाले आजको सेमिनार गरिएको बताए। हामी मकाउमा छौ, मकाउका नियम कानूनको विषयमा जानकारी नहुदा हामी नेपालीहरु समस्यमा पर्न सक्छौ । त्यसैले सचेतनाका लागि अन्तरक्रियात्मक कार्यक्रम गरिएको हो। 

नेपाली महावाणिज्यदूत उदय बहादुर राना मगरले पठाएका भिडियो सन्देश प्ले गरेर आयोजित कार्यक्रम उद्धधाटन गरिएको थियो । उक्त कार्यक्रममा उल्लेख्य मात्रामा नेपालीहरुको सहभागिता रहेको अन्तरक्रियात्मक कार्यक्रमका लागि प्रवेश निशुल्क गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...