News Portal

नेपाली दूतावास, एनआरएन मकाउको संयुक्त आयोजनामा एक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
११४४ पटक

मकाउ – नेपाली महावाणिज्य दूतावास हङकङ तथा मकाउ एवम् गैर आवासीय नेपाली संघ मकाउको संयुक्त आयोजनामा मकाउको स्थानीय प्रचलित नियम-कानून विषयमा जानकारी मुलक एक सेमिनार कार्यक्रम सम्पन्न गरेको छ।

मकाउमा कार्यरत नेपाली समुदायका लागि स्थानीय नियम-कानून सम्बन्धि जानकारी मुलक उक्त कार्यक्रमका लागि स्थानीय अधिवक्ता ब्रुनो नुनेस’ले मकाउ स्थित होलिडे इन होटलमा करिब १ धण्टा २० मिनेट लामो समय मकाउका प्रचलित कानून श्रम गर्ने श्रमिकहरुका अधिकार, मकाउका सार्वजनिक नियम-कानून विषयमा विशेष जानकारी दिएका थिए। 

मकाउमा कार्यरत नेपाली समुदायहरुले कुनै जटिल परिस्थितिहरुको सामना गर्न नपरोस भन्ने उदेश्यले स्थानीय नियमको विषयमा जानकारी मुलक अन्तरक्रियात्मक कार्यक्रम गरिएको गैर आवासीय नेपाली संधका अध्यक्ष पूर्ण बहादुर गुरुङले हिमालीसंचार डटकमसंगको कुराकानीमा जानकारी दिए। 

संघका अध्यक्ष गुरुङका अनुसार; हामी जुन देशमा श्रम गरिरहेका छौ, ती देशको नियम बुझ्न नितान्त जरुरी रहेकाले आजको सेमिनार गरिएको बताए। हामी मकाउमा छौ, मकाउका नियम कानूनको विषयमा जानकारी नहुदा हामी नेपालीहरु समस्यमा पर्न सक्छौ । त्यसैले सचेतनाका लागि अन्तरक्रियात्मक कार्यक्रम गरिएको हो। 

नेपाली महावाणिज्यदूत उदय बहादुर राना मगरले पठाएका भिडियो सन्देश प्ले गरेर आयोजित कार्यक्रम उद्धधाटन गरिएको थियो । उक्त कार्यक्रममा उल्लेख्य मात्रामा नेपालीहरुको सहभागिता रहेको अन्तरक्रियात्मक कार्यक्रमका लागि प्रवेश निशुल्क गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...