News Portal

युद्धविराम सम्झौतापछि इजरायलद्वारा गाजापट्टीमा दोस्रो पटक आक्रमण

हिमालीसंचार संवाददाता
४३८ पटक

एजेन्सी।
गत महिना हमाससँग युद्धविरामको सम्झौता भएपछि इजरायलले दोस्रो पटक गाजा पट्टीमा आक्रमण गरेको छ। इजरायली लडाकु विमानले बिहीबार दोस्रो पटक गाजा पछ्छीमा श्रृङलाबद्ध आक्रमण गरेको हो।

गत महिना हमाससँग ११ दिनको युद्धपछि दुवै पक्षबीच युद्धविरामको सम्झौता भएको थियो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार बिहीबार गाजा क्षेत्रमा हमासका लडाकुहरु रहेको स्थानमा इजरायलको सेनाले मिसाइल आक्रमण गरेको हो।

अहिलेसम्म यो आक्रमणमा मानवीय क्षति भएको वा, नभएको स्पष्ट हुन सकेको छैन। इजरायलको आक्रमणपछि हमासले एक विज्ञप्ति जारी गर्दै आफ्ना मानिसहरु र आफ्नो पवित्र स्थल बचाउन इजरायली आक्रमणको प्रतिकार गर्ने बताएको छ।

हमासको स्वामित्वमा रहेको एक टेलिभिजनले गाजा पट्टीको पश्चिमी भागमा इजरायली ड्रोन झारिएको दाबी गरेको छ। केही सञ्चारमाध्यमले हमासले पनि इजरायलतर्फ आक्रमण गरेको बताएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...