News Portal

१२ वर्षपछि इजरायलको सत्ताबाट बाहिरिए नेतान्याहु

हिमालीसंचार संवाददाता
३७४ पटक

एजेन्सी।
इजरायलमा १२ वर्षदेखि निरन्तर सत्तामा रहेका प्रधानमन्त्री बेन्यामिन नेतान्याहु पदबाट हटाइएका छन्। आइतबार इजरायलको संसद कुनेसटमा भएको मतदानमा विपक्षी गठबन्धनका नेता नाफ्ताली बेनेटले बहुमत पाएपछि उनी सत्ताबाट बाहिरिएका हुन्। योसँगै बेनेट इजरायलको नयाँ प्रधानमन्त्री बनेका छन्।

संसदमा भएको मतदानमा बेनेटका पक्षमा ६० र नेतान्याहुका पक्षमा ५९ मत परेका थिए। तर ७१ वर्षीय नेतान्याहुले आफू छिट्टै सत्तामा फर्किने दाबी गरेका छन्। नेतान्याहु सत्ताबाट बाहिरिनुलाई कतिपय विश्लेषकले एउटा युगको अन्त्य भनेका छन्।

यसैबीच अमेरिकाका राष्ट्रपति जो बाइडेनले नयाँ प्रधानमन्त्री बेनेटलाई बधाई दिँदै अमेरिकी सरकार इजरायलको नयाँ सरकारसँग सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन्। विपक्षी दलबीच भएको सहमतिअनुसार बेनेटले २ वर्षपछि पद छाड्नुपर्नेछ। र, त्यसपछि अर्का नेता याइर लापिड प्रधानमन्त्री बन्नेछन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...