News Portal

राजदूत र नेपाली व्यावायीबीच मिट एन्ड ग्रिट कार्यक्रम सप्पन्न

हिमालीसंचार संवाददाता
१०७२ पटक

दुबई– नेपालका लागि युएई राजदूत सहिद हम्दान अल नक्वी र युएईमा कार्यरत नेपाली व्यावसायीबीच मिट एन्ड ग्रिट कार्यक्रम सप्पन्न भएको छ । युएईमा व्यापार/व्यावसाय गरिरहेका नेपालीहरुको संस्था नेपाली बिज्नेस काउन्सिल दुबईले जेठ १७ मा दुबईमा एक कार्यक्रम गरेर नेपाल र युएईको व्यापार विस्तार गर्ने विषय लगायत समसामयिक सन्दर्भहरुमा अन्तर्किया भएको नेपाली बिज्नेस काउन्सिल दुबईका महासचिव दिपकराज पौडेलले बताएका छन् ।
उक्त भेटमा युएई सरकारले ल्याएको गोल्डेन भिसाको नीतिलाई नेपाली व्यावसायीले उत्साहजनक रूपमा लिएको र नेपालीहरुलाई पनि उक्त भिसा उपलब्ध गराउन आवश्यक पहल गर्न राजदूत नक्वीसमक्ष अनुरोध गरेका थिए ।
राजदूतले नेपाल र युएईबीचको दौत्यसम्बन्ध सुमधुर रहेको र कोरोनाको महामारीलाई अन्त्य गर्न युएई सरकारले नेपाललाई विगतमा पनि सहयोग गरेको र यसपटक पनि उल्लेख सहयोग गरेको स्मरण गराएका थिए ।
राजदूत नक्वीले युएईमा कार्यरत नेपाली व्यावसायीहरुको स्वागत कार्यक्रमप्रती आभार प्रकट गर्दै सान्दर्भिक विसयलाई सम्बन्धित निकाय समक्ष पुर्‍याउने वाचा गरेका थिए ।
चिकित्सक, नर्सहरुलाई नेपालबाट सहज तरिकाले युएई काम गर्नका लागि आउन विधमान प्रक्रियाभन्दा सहज वातावरण मिलाइदिन व्यावसायीहरुले राजदूतसमक्ष अनुरोध गरेका छन् ।

नेपाली बिज्नेस काउन्सिल दुबईका अध्यक्ष डा.आसिफ अलि सिद्दिकीले स्वागत मन्तव्य प्रकट गरेको उक्त कार्यक्रमको संचालन महासचिव दिपकराज पौडेलले गरेका थिए भने काउन्सिलका उपाध्यक्षद्वय चन्द्रप्रसाद सापकोटा, नेत्र शर्मा, कोसाध्यक्ष एकेन्द्र बहादुर थापा लगायत काउन्सिलमा आबद्द २० जना व्यावसायीहरुको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...