News Portal

राजदूत र नेपाली व्यावायीबीच मिट एन्ड ग्रिट कार्यक्रम सप्पन्न

हिमालीसंचार संवाददाता
११६७ पटक

दुबई– नेपालका लागि युएई राजदूत सहिद हम्दान अल नक्वी र युएईमा कार्यरत नेपाली व्यावसायीबीच मिट एन्ड ग्रिट कार्यक्रम सप्पन्न भएको छ । युएईमा व्यापार/व्यावसाय गरिरहेका नेपालीहरुको संस्था नेपाली बिज्नेस काउन्सिल दुबईले जेठ १७ मा दुबईमा एक कार्यक्रम गरेर नेपाल र युएईको व्यापार विस्तार गर्ने विषय लगायत समसामयिक सन्दर्भहरुमा अन्तर्किया भएको नेपाली बिज्नेस काउन्सिल दुबईका महासचिव दिपकराज पौडेलले बताएका छन् ।
उक्त भेटमा युएई सरकारले ल्याएको गोल्डेन भिसाको नीतिलाई नेपाली व्यावसायीले उत्साहजनक रूपमा लिएको र नेपालीहरुलाई पनि उक्त भिसा उपलब्ध गराउन आवश्यक पहल गर्न राजदूत नक्वीसमक्ष अनुरोध गरेका थिए ।
राजदूतले नेपाल र युएईबीचको दौत्यसम्बन्ध सुमधुर रहेको र कोरोनाको महामारीलाई अन्त्य गर्न युएई सरकारले नेपाललाई विगतमा पनि सहयोग गरेको र यसपटक पनि उल्लेख सहयोग गरेको स्मरण गराएका थिए ।
राजदूत नक्वीले युएईमा कार्यरत नेपाली व्यावसायीहरुको स्वागत कार्यक्रमप्रती आभार प्रकट गर्दै सान्दर्भिक विसयलाई सम्बन्धित निकाय समक्ष पुर्‍याउने वाचा गरेका थिए ।
चिकित्सक, नर्सहरुलाई नेपालबाट सहज तरिकाले युएई काम गर्नका लागि आउन विधमान प्रक्रियाभन्दा सहज वातावरण मिलाइदिन व्यावसायीहरुले राजदूतसमक्ष अनुरोध गरेका छन् ।

नेपाली बिज्नेस काउन्सिल दुबईका अध्यक्ष डा.आसिफ अलि सिद्दिकीले स्वागत मन्तव्य प्रकट गरेको उक्त कार्यक्रमको संचालन महासचिव दिपकराज पौडेलले गरेका थिए भने काउन्सिलका उपाध्यक्षद्वय चन्द्रप्रसाद सापकोटा, नेत्र शर्मा, कोसाध्यक्ष एकेन्द्र बहादुर थापा लगायत काउन्सिलमा आबद्द २० जना व्यावसायीहरुको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...